१५ श्रावण, काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उनले मल अभाव नरहेको जानकारी दिँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताए । “हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ । गत वर्षजस्तो यस
१५ श्रावण, एजेन्सी । जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो । समूहमा अपराजित रहेको जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानसँग हारेपनि स्पेनले समूह उपविजेताको रूपमा नकआउट चरणमा स्थान
१५ श्रावण, काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उनले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रूत गतिमा काम आफ्नो प्रयास रहने बताए । “यसअघिका स्वास्थ्य क्षेत्रका
१५ श्रावण, काठमाडाैँ । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले टोखाबाट १२ जनालाई पक्राउ गरेको छ । टोखा नगरपालिका–९ मिलन टोलस्थित राजेन्द्रप्रसाद जोशीको सेती गण्डकी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा बैतडी पुर्चौडी नगरपालिका–९ घर भएका ३६ वर्षीय राजेन्द्रबहादुर थापासमेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त
१५ श्रावण, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन
१५ श्रावण, काठमाडाैँ । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका
१५ श्रावण, कैलाली । टीकापुर–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निन्द्रामा थियो । निदाएका कालीदेवीको घर एक्कासी हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो । कालीदेवीले केही सोच्नै सकेनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न
१५ श्रावण, जुम्ला । सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका आठ मेडिकलमा छापा हानेको बताए । उक्त मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति
१५ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक मङ्गलबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् । यसअघि १०
१५ श्रावण, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठक यही साउन १९ गतेदेखि सुरु हुने भएको छ । आवश्यक तयारी नभएकाले अनिश्चितकालका लागि भन्दै केही दिन पहिले स्थगित गरिएको सूचना गरिएकामा यी बैठक यही साउन १९ गतेदेखि सुरु गरिने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी