Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

शिक्षक र कर्मचारीलाई सामुदायिक सरह सुविधा दिन निजी विद्यालयलाई फिदिम नगरको निर्देशन


१५ श्रावण, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले संस्थागत विद्यालयलाई शिक्षक तथा कर्मचारीलाई सामुदायिक विद्यालय सरहको सुविधा दिन निर्देशन दिएको छ ।

संस्थागत विद्यालयमा सामुदायिक विद्यालयमा भन्दा निकै कम तलब तथा अन्य सुविधा रहेको गुनासो सुनिएको भन्दै फिदिम नगरपालिकाले नगरको शिक्षा नियमावली २०७४ को नियम १३ को उपनियम २ बमोजिम गर्न निर्देशन दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रविनहाङ योङहाङका अनुसार उक्त उपनियममा फिदिम नगरपालिकाभित्र सञ्चालन हुने सबै संस्थागत विद्यालयले शिक्षक तथा कर्मचारीलाई तहअनुसार सामुदायिक विद्यालय सरह सुविधा दिनुपर्ने व्यवस्था छ । उक्त उपनियमले तलब स्केल, दशैँ  खर्च, बिदा, तालिम र ज्येष्ठता भत्ता सामुदायिक विद्यालयको सरह हुनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै सोही नियमावलीको नियम १३ को उपनियम ३ मा शिक्षक कर्मचारीका लागि नियमित तलबबाट निश्चित प्रतिशत रकम छुट्टयाइ सोही बराबर रकम थप गरी सञ्चयकोषको प्रवन्ध गर्नुपर्ने, उपनियम ५ मा शिक्षक तथा कर्मचारीका दुई जनासम्म बालबच्चाको मासिक पढाइ शुल्क लिन नपाउने र उपनियम ८ मा बैङ्क खातामार्फत शिक्षक कर्मचारीलाई तलब भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत योङहाङले सबै संस्थागत विद्यालयलाई पत्र लेख्दै यसबारे भइरहेको प्रगतिको विवरण यथाशीघ्र नगरपालिकामा पठाउन निर्देशन दिएका हुन् ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?