Trending
>>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित) >>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

स्पेनमाथि जापानको सानदार जित, समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश


१५ श्रावण, एजेन्सी । जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो ।

समूहमा अपराजित रहेको जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानसँग हारेपनि स्पेनले समूह उपविजेताको रूपमा नकआउट चरणमा स्थान बनाएको हो ।

स्पेनविरुद्ध एकपक्षीय प्रदर्शन गरेको जापानलाई जित दिलाउन हिनाता मियाजावाले १२औँ र ४०औँ मिनेटमा दुई गोल गरिन् । रिको युकीले २९औँ र मिना तानाकाले ८२औँ मिनेटमा गोल गरिन् ।

जापानले तीन खेलबाट नौ अङ्क बनायो । स्पेनले समान खेलबाट ६ अङ्क जोड्यो । यस समूहबाट तीन अङ्क बनाएको जाम्बिया र अङ्क विहीन कोस्टारिका बाहिरिएका छन् । सोमबार नै भएको समूहको अर्को अन्तिम खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोलले हराएको हो ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?