Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

स्पेनमाथि जापानको सानदार जित, समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश


१५ श्रावण, एजेन्सी । जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो ।

समूहमा अपराजित रहेको जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानसँग हारेपनि स्पेनले समूह उपविजेताको रूपमा नकआउट चरणमा स्थान बनाएको हो ।

स्पेनविरुद्ध एकपक्षीय प्रदर्शन गरेको जापानलाई जित दिलाउन हिनाता मियाजावाले १२औँ र ४०औँ मिनेटमा दुई गोल गरिन् । रिको युकीले २९औँ र मिना तानाकाले ८२औँ मिनेटमा गोल गरिन् ।

जापानले तीन खेलबाट नौ अङ्क बनायो । स्पेनले समान खेलबाट ६ अङ्क जोड्यो । यस समूहबाट तीन अङ्क बनाएको जाम्बिया र अङ्क विहीन कोस्टारिका बाहिरिएका छन् । सोमबार नै भएको समूहको अर्को अन्तिम खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोलले हराएको हो ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?