२४ ,श्रावण ,गण्डकी । कास्कीको पोखरा महानगरपालिकाको फोहर १३ दिनपछि मङ्गलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहर पुनः विसर्जन गरिएको हो । स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल
२४ ,श्रावण ,जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिकामा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् । मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा सोनम–१ का ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको हो । नेपाल प्रहरी,
२४ ,श्रावण ,काठमाडौँ । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन एवं भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न
२३ ,श्रावण ,कोलम्बो । श्रीलङ्काको मन्त्रिपरिषद्ले सन् २०२३-२०२८ का लागि सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषण विरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सरकारको सूचना विभागले मङ्गलबार दिएको जनाकारी अनुसार उक्त प्रस्ताव अर्थमन्त्री समेत रहेका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रस्तुत गरेका थिए । मन्त्रिपरिषद्का निर्णयहरू सूचीबद्ध गर्ने विभागले विज्ञप्तिमार्फत
२३ ,श्रावण ,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिबद्धता नआएको भन्दै प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनतस्करीका सम्बन्धमा सदनमा दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै एमालले आज पनि बैठक अवरुद्ध गरेको हो । गृहमन्त्रीको जवाफलगत्तै
२३ ,श्रावण ,काठमाडौँ । गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै
२३ ,श्रावण ,काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताए । उनले भने, “सरकार अनुसन्धानमा
२३ ,श्रावण ,रसुवा । साङ्जेन जलविद्युत् कम्पनीले निर्माण गरेको सिम्बू जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन सुरू भएको छ । माथिल्लो साङ्जेनको नामले निर्माण भएको १४ दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाबाट यही साउन २० गतेदेखि उत्पादन हुन थालेको र उत्पादित विद्युत् राष्ट्रिय प्रशारणमा पठाउने काम सम्पन्न गरिएको हो । साङ्जेन
२३ ,श्रावण ,काठमाडौँ । सरकारले रु पाँच दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा
२३ ,श्रावण ,भक्तपुर । प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ । मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे मङ्गलबार कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाल विज्ञ डा राजिव सुब्बाले सामाजिक सञ्जालको नियमनबारे राष्ट्रिय तथा