Trending
>>   विचौलिया प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्छः सभापति थापा >>   वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि >>   न्यायालयमा भ्रष्टाचार र सेटिङको आरोपः ‘स्वतन्त्र नागरिक अभियान’द्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरु) >>   जापानमा आणविक नीति परिमार्जन र सैन्यीकरणको विरोधमा विशाल प्रदर्शन >>   पोखराका नौवटै ताल जोड्ने साइकल ट्रेलको आयोजना अघि बढाइँदै >>   गिग वर्करदेखि आउटसोर्सिङ श्रमिकसम्मलाई समेट्ने गरी श्रम ऐन संशोधन हुँदै >>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

समाचार


राष्ट्रियसभाको बैठक कात्तिक १४ मा

१० ,कात्तिक ,काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज यहाँ जारी सूचनामा उल्लेख छ । यसअघि गत असोज २९ गते

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

१० ,कात्तिक ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसङ्घका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा पनि छलफल भएको

एकै परिवारका आमासहित तीन छोराछोरी मृतावस्थामा फेला

१० ,कात्तिक ,मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् । मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन

१० ,कात्तिक ,बेइजिङ । चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ । सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रिय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार साङ्घाईमा निधन भएको हो । मलुककै दोस्रो सर्वोच्च नेताको पदबाट

त्रिकोणात्मक टी ट्वाटी क्रिकेट सिरिजमा युएईसँग नेपाल पराजित

१० ,कात्तिक ,काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई चार विकेटले पराजित गर्दै विजयी भएको हो । यसअघि लिग चरणको खेलमा नेपालले युएई र हङ्कङविरुद्ध भएको चार खेल नै जितेको

महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

१० ,कात्तिक ,काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै छन्‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो । जनवरी २०१७ मा उनले पदभार ग्रहण गरेपछि महासचिव गुटेरेसको यो पहिलो नेपाल

५० रुपैयाँको सिक्रीका लागि साथीको हत्या

१० ,कात्तिक ,जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर हत्या गरेका

दसैँको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । दमौलीबाट काठमाडाँै जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले उक्त माइक्रोलाई जरिबाना तिराएर कारबाही गरेको छ भने यात्रुहरुको भाडा फिर्ता गराएको छ । दमौलीबाट काठमाडाँै छुट्ने माइक्रोले प्रतिव्यक्ति रु

प्रधानसेनापति शर्मा चीन प्रस्थान

१० ,कात्तिक ,काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन्‌ । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरेका छन्‌ । भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने

टी ट्वाटी क्रिकेट : नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

१० ,कात्तिक ,काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो । नेपालका लागि कुशल भुर्तेलले

सम्वन्धित समाचारहरु