Trending
>>   इमान्दार र जिम्मेवार इन्जिनियरहरुको खाँचो छः उपप्रधानमन्त्री सिंह >>   भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन : एमाले >>   मौसम : यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध >>   आजको राशिफल : २०८२ साल साउन ०४ गते आइतबार >>   शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन >>   एमाले पोलिटब्युरोः उमेरहद, दुई वर्षे कार्यकाल र भण्डारीको सदस्यता नविकरणबारे बहस >>   नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले ५ महिने प्रशंसा अभियान चलाउने >>   नेपाल प्रहरीलाई प्रश्न : प्राथमिकतामा रासन कि हतियार ? >>   नयाँ खरिद नहुँदा राजावादी प्रदर्शनमा डेट एक्सपायर टियरग्याँस हान्नुपर्यो : गृहमन्त्री >>   रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
Logo
४ श्रावण २०८२, आईतवार
४ श्रावण २०८२, आईतवार

टी ट्वाटी क्रिकेट : नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य


१० ,कात्तिक ,काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय क्रिकेट सिरिजको उपाधि जित्न नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई १६३ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो ।

नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाए । उनले २८ बलमा ३ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ५० रन बनाएका हुन् । त्यस्तै, करण केसीले अविजित २३ रन बनाए ।

उनले १७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २३ रन जोडेका हुन् ।

दीपेन्द्रसिंह ऐरीले १५ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन जोड्दै आउट भए । कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रन जोड्दै आउट भए ।

त्यस्तै, आसिफ शेख ७ रनमा आउट भए । उनले १२ बल खेल्दा १ चौकाको मद्दतमा ७ रन जोडेका हुन् । कुशल मल्ल १ रनमा आउट हुँदा सोमपाल कामीले १३, सन्दीप जोराले १० तथा गुल्सन झाले ५ रन बनाए ।

बलिङतर्फ युएईका आयन अफ्जल खान एक्लैले तीन विकेट लिए भने जाहुर खान र अली नासिरले समान दुई/दुई विकेट झारे । त्यस्तै, जुनैद शिद्धिकीले एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।


प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?