Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन


१० ,कात्तिक ,बेइजिङ । चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको शुक्रबार अचानक हृदयाघातका कारण निधन भएको छ ।

सिन्ह्वा समाचार एजेन्सीका अनुसार कम्युनिष्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रिय समितिको राजनैतिक ब्युरोका स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री लिको ६८ वर्षको उमेरमा शुक्रबार साङ्घाईमा निधन भएको हो ।

मलुककै दोस्रो सर्वोच्च नेताको पदबाट हटेको एक वर्ष नपुग्दै उनको हृदयाघातको कारण निधन भएको हो ।

सि जिनपिङमाथि हावी नहुन् भनेरर कुनै समय सम्भावित शीर्ष नेताका रूपमा हेरिएका लिलाई जानाजान वर्षौँसम्म सार्वजनिकरूपमा टाढा राखिएको थियो । सिले त्यसपछि धेरै शक्ति हासिल गरे ।

केही मानिसका अनुसार लिले आफ्नो देशका लागि योगदान दिने महत्वाकांक्षाका साथ कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए तर कठोर कम्युनिस्ट शासनले उनलाई दबाएर राख्यो ।

सिङ्गापुर पोस्टका अनुसार उनलाई शक्तिबाट बाहिर निकालेपछि मुलुकको निजी क्षेत्रको भविष्यका साथै उनले समर्थन गरेको आर्थिक सुधारमाथि पनि प्रश्नचिह्न खडा भयो ।

विश्लेषकहरूका अनुसार लि आफ्नै प्रकारको अन्तिम प्रधानमन्त्री हुन सक्छ जसको शासनप्रति अर्थतन्त्र–केन्द्रित दृष्टिकोण सि जिनपिङको वैचारिक स्वर र अधिनायकवादी प्रवृत्तिको विपरित छ ।

“मानिसहरुले के गरिरहेका छन् भनेर स्वर्गले हेरिरहेको छ”, आठ सयभन्दा धेरै वरिष्ठ अधिकारीहरूलाई बिदाइ गर्ने क्रममा लिले भनेका थिए ।

सिङ्गापुर पोस्टका अनुसार लिका लागि सि जिनपिङलाई सन् १९७८ मा सुरु गरिएको ‘सुधार र उद्घाटन’ नीतिको भावनालाई ‘विघटन’ गर्नबाट रोक्न असम्भव थियो तर उनले केही साहस देखाए ।

लिको स्थानमा आएका लि कियाङलाई सिको निकट मानिन्छ जसलाई साङ्घाईमा महिनौँसम्म निर्मम तरिकाले कोभिड लकडाउन लागु गर्ने नेताका रूपमा चिनिन्छ ।


प्रकाशित मिति: १० कार्तिक २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?