Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

समाचार


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७४

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, यस्तो हुनेछ शुक्रबारसम्मको मौसम

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण सोमबार देखि बुधबार सम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका

आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौं।  आज ७४औँ प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी  देशभर मनाइँदै छ । गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सो दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर

पूर्वसचिव भीम उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौ। मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले भिम उपाध्यायसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । दायर गरेको मुद्दामा उनीसँगै थप दुई पूर्वसचिवसँगै १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले खानेपानी मन्त्रालयमा सचिव पदमा रहँदा उनले निर्माण व्यवसायीसँग ७ अर्ब ७२ करोड (भ्याट बाहेक) बराबरको

राष्ट्रिय समाचार समितिको वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सवका अवसरमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारेर वर्षेनि विभिन्न कार्यक्रम हुँदै आएका छन् । नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठानद्वारा आज यहाँ आयोजित प्रतियोगितामा ओमप्रकाश बोहोरा नेतृत्वको टोली प्रथम भएको छन्। त्यस्तै, प्रथम हुने टोलीमा शशिधर अधिकारी र सन्तोष अरङ्गह्वा

बाल आँखा स्वास्थ्य सम्बन्धी छलफल गर्न नेत्र रोग विशेषज्ञहरू एकै ठाउँमा

काठमाडौं। बालबालिकाहरूमा हुने मोतीबिन्दु, डेडोपना, लेन्स लगाउनुपर्ने लगायतका विविध आँखासँग सम्बन्धित स्वास्थ्यका समस्याका बारेमा छलफल आवश्यक बन्दै गएको छ । यही आवश्यकतालाई महसुस गर्दै तिलगंगा आँखा प्रतिष्ठानले हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा विशेष बाल आँखा स्वास्थ्यमा केन्द्रित दुई दिने कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू एकै ठाउँमा

नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित

काठमाडौं। एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ । जितका लागि दुई सय १७ रनको लक्ष्य पाएको क्यानडाले ६ विकेट गुमाएर भेट्टाएको थियो। त्यस्तै, माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको

काठमाडौंमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’सम्बन्धी पाँचदिने तालिम

काठमाडौं। लामो अदालती प्रक्रिया र पीडित तथा पीडक पक्षलाई न्याय दिलाउने सहज माध्यमका रूपमा रहेको मध्यस्थता क्षेत्रलाई सशक्त बनाउने उद्देश्यका साथ काठमाडौंमा ‘सम्झौता व्यवस्थापन तथा विवाद समाधान’सम्बन्धी पाँचदिने तालिम सञ्चालन भइरहेको छ । फागुन ४ गतेदेखि जारी तालिममा ‘सम्झौता मस्यौदाको सिद्धान्त र कर्पोरेट मुद्दा’, ‘नेपालमा अदालतको हस्तक्षेप र मध्यस्थताको निर्णयको

प्रतिबद्धता कार्यान्वयन गरे टिकटकको प्रतिबन्ध फुकुवा गर्ने प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकले व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयनको सुनिश्चितता आएमा प्रतिबन्ध हटाउन सरकार तयार रहेको बताएका छन् । आज प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले टिकटकको प्रतिबन्ध हटाउनका लागि सरकार तयार रहेको बताएका हुन् । प्रधानमन्त्री दाहाललाई आज प्रतिनिधिसभामा १३ वटा प्रश्न सोधिएको थियो । प्रश्न सोध्नेक्रममा सांसद

सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

काठमाडौं। मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी) का नेताहरूले सीटीइभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेका छन् । आइतबार अध्यक्ष अधिकारीको कार्यकक्षमै उनीहरूले कालोमोसो दलेका हुन् । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको अनेरास्ववियू (क्रान्तिकारी) को आरोप छ । सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा

सम्वन्धित समाचारहरु