Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रक्षेपण


एजेन्सी। उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमबार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो हो ।
दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जापान सागर पनि भनिने जल क्षेत्रको नाम लिँदै भनेका छन् , “उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण गरेको छ ।”
टोकियोले पनि प्रक्षेपणको पुष्टि गरेको छ । जापानी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “उत्तर कोरियाबाट संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको थियो ।” जापानको तटरक्षकले मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक घोषणाको लगत्तै उक्त मिसाइल पहिल्यै खसेको देखिएको बताएको थियो ।
सार्वजनिक प्रसारक एनएचकेलगायत जापानी सञ्चार माध्यमले अज्ञात सरकारी स्रोतहरूलाई उद्धृत गर्दै संदिग्ध मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको बताएका छन् ।
सोलस्थित विशेषज्ञ साइट एनके न्युजले भनेको छ, “छोटो उडान समय, सम्भवतः १० मिनेटभन्दा कम, छोटो दूरीको ब्यालेस्टिक मिसाइल (एअआरबिएम) वा छ सय मिमी मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस) को प्रक्षेपण भएको सङ्केत गर्दछ ।”
गत महिना रुसले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको अनुगमनलाई खारेज गरेपछि पछिल्लो प्रक्षेपण भएको हो । प्योङयाङको सहयोगी मस्कोले आफ्नो आणविक र हतियार कार्यक्रमका लागि किम जोङ उनको सरकारमाथि लगाइएको प्रतिबन्धको उल्लङ्घनको राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारीरूपमा अन्त्य गर्न मार्चमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको थियो ।
उत्तर कोरियाले रणनीतिक क्रुज मिसाइलका लागि डिजाइन गरिएको ‘सुपर–लार्ज वारहेड’ को शुक्रबार परीक्षण गरेको राज्य मिडियाले बताएको छ । सोलको सेनाले उसले करिब सोही समयमा क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लगाएको पुष्टि गरेको छ ।

प्रकाशित मिति: १० बैशाख २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?