Trending
>>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

समाचार


प्रचण्डपत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले अर्पण गरे श्रद्धाञ्जली

२७ असार, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत दाहाललाई श्रद्धाञ्जली अर्पण समेत गरेका  छन् । उनले ट्विटरमा लेखेका छन्, 'श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । @cmprachanda प्रति हार्दिक समवेदना

सीता दाहालको पार्थीव शरीरमा दुवै सदनका सभामुखद्वारा श्रद्धाञ्जली अर्पण

२७ असार, काठमाडाैँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सिता दाहालको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा पुगेर उनिहरुले स्वर्गीय दाहालको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । दाहालको उपचारका क्रममा आज

१५ साना सिँचाइ योजना निर्माण

२७ असार, म्याग्दी । कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन् । केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन् । एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको मृत्यु भएपछि समाजवादी मोर्चाको बैठक अनिश्चित

२७ असार, काठमाडाैँ । समाजवादी मोर्चाको आज बस्ने भनिएको बैठक अनिश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पत्नी सीता दाहालको निधनले बैठक अनिश्चित भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । चार दल मिलेर बनेको उक्त समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ बजेका लागि नेकपा (एकीकृत समाजवादी)

नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार : मन्त्री बस्नेत

२७ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार बलियो साझेदार भएको बताएका छन् । बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डसँग आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य प्रणाली सुधारका

नवीकरण नगर्ने क्याम्पसलाई त्रिवीले कारबाही गर्ने

२७ असार, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ । विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक-पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको

सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगतफर्त ६९ प्रतिशत बजेट खर्च

२७ असार, पर्सा । चालु आर्थिक वर्ष २०७९÷८० मा पर्साका सरकारी कार्यालयको चालुतर्फ ९५ प्रतिशत र पुँजीगत ६९ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाले चालुतर्फ ९५ दशमलव २४ प्रतिशत र पुँजीगततर्फ ६९ दशमलव ५७ प्रतिशत बजेट निकासा लिएका छन्

सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन पक्राउ

२७ असार, झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका-१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ लिम्बूको मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक

प्रधानमन्त्री दाहाल पत्नीको निधनप्रति रास्वपाद्वारा शोक व्यक्त

२७ असार, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्त डा मुकुल ढकालले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् । “यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गते बस्ने

२७ असार, काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन २ गते दिउँसो १ बजे बस्ने तय भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदिप पराजुलीले जानकारी दिए । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका

सम्वन्धित समाचारहरु