Trending
>>   ‘पुँजीगत खर्च न्युन हुनुमा दोषि को हो ?’ >>   राहदानी, सवारी लाइसेन्स लगायतका सेवालाई ई–गभर्नेन्स कमिसनले काम गर्दैछः मुख्यसचिव अर्याल >>   अमेरिकी सर्वोच्च अदालतद्वारा टिकटकमाथिको प्रतिवन्ध सदर >>   वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको भौतिक आक्रमणको बिरोधमा कालोपट्टी बाँधेर प्रदर्शन >>   लिम्पियाधुराबारे त्रिदेशीय सहमति कायम गर्न माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीको प्रदर्शन >>   सरकारी जग्गा अतिक्रमण गरी बनाइएका भवनहरुमा चल्यो डोजर >>   पुल अभावका कारण किसानलाई सुन्तला बिक्री गर्न सकस >>   आजका लागि अमेरिकी डलर र युरोको दरभाउ स्थिर,हेर्नुहोस कुन देश को कति ? >>   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द >>   पोखरामा आजदेखि दाइँ महोत्सव
Logo
६ माघ २०८१, आईतवार
६ माघ २०८१, आईतवार

समाचार


स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले

मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै

वसन्त पञ्चमीको अवसरमा महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलका किसानले आज हलो र गोरुको पूजा गर्दैछन् । पिँढीदर पिँढीरुपमा मिथिलाञ्चलभरिका किसानले आजका दिनलाई कृषि कार्यको सुरुआत मान्दै बिहानै हलो र गोरुको पूजा गर्ने चलन छ । जलेश्वर नगरपालिका–८ का रामबाबु चौधरीका अनुसार किसानले आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूल माला, अक्षेता, अबिर, चामल,

नागरिकता विवादमा सर्वाेच्चमा सुनुवाइ सुरु

सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

सुदूरपश्चिम प्रदेशसभाकोे बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट अझै विश्वासको मत लिनुभएको छैन । यसका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको बताइएको छ ।

सभामुखसँग भारतीय राजदूतको भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा सभामुखलाई बधाई ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ

जनताको आशालाई निराश हुन दिन्न : मन्त्री पाण्डे

सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताको आशालाई निराश हुन नदिने बताउनुभएको छ । मिडिया नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जनतासँग गरेका वाचा पूरा हुने गरी काम गर्ने बताउनुभएको हो । सरकारमा सहभागी हुने क्रममा जनताको पक्षमा काम गर्न पार्टीले आफूलाई यो जिम्मेवारी दिएको बताउँदै उहाँले पार्टीले

भूकम्पले अन्ठाउन्न घरमा क्षति

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर मङ्गलबार आएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले ५८ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सरकारी र निजीमा आंशिक र पूर्ण क्षति भएको छ । मङ्गलबार अपराह्न २ः४३ बजे आएको भूकम्पका कारण जिल्लाका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ ।

हिउँ पहिराले कर्णाली राजमार्ग अवरुद्ध

हिउँ पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । बुधबार कालीकोटको तिलागुफा नगरपालिका–४ स्थित राचुलीमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायक उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको गाडी पहिरोमा फसेको प्रहरीले जनाएको छ । पहिरो खुलाउने पहल भइरहेको छ ।

नापी र मालपोत प्रमुख मन्त्रालयका सचिवसँग भर्चुअल अन्तक्र्रियामा

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिवसँग कार्यालय प्रमुख कार्यक्रम सञ्चालनमा ल्याएको छ । भर्चुअल माध्यमबाट सञ्चालन हुने सो कार्यक्रममा देशभरिका सबै मालपोत र नापी कार्यालय प्रमुखले मन्त्रालयका सचिव र विभागीय प्रमुखसँग अन्तक्र्रिया गर्ने छन् । कार्यालयका समस्या र

तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

तानसेन–रिडी–तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो । माघ १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन

सम्वन्धित समाचारहरु