Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

आईएमएफ र पाकिस्तानबीच ३ अर्ब डलरको स्ट्यान्डबाइ सम्झौता


१५ असार, एजेन्सी । पाकिस्तानले बिहीबार वाशिङ्गटनमा आईएमएफले ३ अर्ब डलरको नयाँ स्ट्यान्ड-बाइ सम्झौताको व्यवस्था गरेसँगै केही राहात अनुभव गरेको छ । चुलिदो वैदेशिक ऋणले आक्रान्त बन्दै गएको देशमा यसले अस्थायी राहत अनुभव गर्ने छ।

अर्थतन्त्र भुक्तान सन्तुलनको सङ्कटबाट प्रभावित भएको पाकिस्तानमा महिनौं देखिको राजनीतिक अराजकताले सम्भावित विदेशी लगानी भित्रिने वातावरण पनि बिथोलिन सक्ने प्रक्षेपण गरिएको छ ।

हाल मुद्रास्फीति ह्वात्तै बढेको छ । मुद्रा अवमूल्यनको जोखिम बढ्दो छ ।

आईएमएफका अधिकारी नाथन पोर्टरले भनेका छन् – “म यो घोषणा गर्न पाउँदा खुसी छु, अन्तरराष्ट्रिय मुद्रा कोषका टोलीले पाकिस्तानी अधिकारीहरूसँग एसडीआर २, २५० मिलियन (लगभग $ ३ बिलियन) को रकममा नौ महिनाको स्ट्यान्डबाइ व्यवस्थामा कर्मचारी स्तरको सम्झौतामा पुगेका छन् ।”

यो सङ्ख्याले पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कोटाको १११ प्रतिशत प्रतिनिधित्व गर्दछ। यो सम्झौता जुलाईको मध्यमा आईएमएफको कार्यकारी बोर्डले अनुमोदन गर्नुपर्ने पनि पोर्टरले उल्लेख गरेका छन् ।

सन् २०१९ मा सहमत भएको $ ६.५ अर्ब बेलआउट प्याकेजको अन्तिम किस्ताको लागि कोषसँग पाकिस्तानको वार्ता नोभेम्बरदेखि रोकिएको छ । सरकारले सम्झौताका आवश्यकताहरू पूरा गर्न प्रयास गर्ने उद्देश्यले राष्ट्रिय बजेटमा अन्तिम मिनेटमा परिवर्तन गरेको छ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?