काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मारबाडी सेवा समितिको विरोधका बीच ‘पशुपति गौशाला धर्मशाला’ को पुरानो बोर्ड हटाएर ‘काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशाला’ लेखिएको बोर्ड राखेको हो। पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच सातबुँदे सहमति भएपछि पशुपति गौशाला धर्मशाला खाली गराउने तयारी थालिएको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका छन् । सदनको दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार एक सय रूपैयाँमा कारोबार भएको छ । मंगलबारको तुलनामा सुन प्रतितोला एक हजार रूपैयाँले घटेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएकोसुन प्रतितोला एक हजार रूपैयाँले घटेको
काठमाडौँ । पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ । असोज २० गते बसेको पशुपति क्षेत्र विकास कोष सञ्चालन परिषद्को निर्णय आज बसेको काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको निर्णय कार्यान्वयनमा लैजान सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा महानगरपालिकाका प्रमुख
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरुले गरिरहेको कामको अवलोकन गरेका छन् । बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भैरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरुले निःशुल्क उपचार पाए नपाएको जानकारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि श्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् ।दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न श्रोतको अभाव प्रमुख समस्या रहेको चर्चा गरे । भारतको नयाँ
काठमाडौं । भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र उपकरणसहित अस्पताल निर्माण शुरु गर्न सम्झौता गर्ने जानकारी दिएको छ ।भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिक देखि
आज मिति २०८१ साल असोज २३ गते बुधबार ( 09 oct,2024) आश्विन शुक्लपक्ष षष्ठी ०७:३३ बजेसम्म, त्यसपछी सप्तमी मेष – सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेकोछ । पढन पाठनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्रस्थानमा आउनेछ । शुभ समाचारले मनमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपरान्ह ३ बजेदेखि ३:३० सम्म विशिष्ट व्यक्ति र ३:३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका प्रदान गर्नुहुने भएका छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले मंगलबार साँझ प्रेस नोट जारी गर्नुहुँदै दिउँसो ३ बजेर ३० मिनेटपछि आधा घण्टा इच्छुक मन्त्री,