Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

२०२४ मा अफगानिस्तानको व्यापार मात्रा १२ अर्ब अमेरिकी डलर नाघ्यो


काठमाडौँ । सन् २०२४ मा अफगानिस्तानको कुल व्यापारको मात्रा १२ अर्ब अमेरिकी डलरभन्दा बढी भएको छ ।

जसमा वार्षिक रूपमा आयातमा ३८ प्रतिशत वृद्धि र निर्यातमा ४ प्रतिशतले कमी आएको छ । अफगानिस्तानको सामानको कुल व्यापार २०२४ मा १२.४२ बिलियन डलर थियो । जसमा देशको निर्यात मात्रा १.८ बिलियन डलर पुगेको थियो । जबकि आयातित सामान करिव १०.६ बिलियन डलरको थियो ।

सन् २०२४ मा अफगानिस्तानबाट इरान, कजाकिस्तान, उज्वेकिस्तान र संयुक्त अरब इमिरेट्सको निर्यात दोब्बर भएको बताएका छन् । कृषि उत्पादनहरू, प्रशोधित खाद्य वस्तुहरू, कपडाहरू, छाला, विद्युतीय सामग्री र निर्माण सामग्रीहरू अफगान आयातकर्ताहरूमा सबैभन्दा बढी माग गरिएका सामानहरू हुन् ।

यसैबीच, अफगानिस्तानको मुख्य निर्यातमा कोइला, केसर, ताजा र सुक्खा फलफूल, हातले बुनेको गलैंचा, बहुमूल्य र अर्ध बहुमूल्य पत्थरहरू पर्छन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?