काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको अवमूल्यन हुने काम गरेको आरोप लगाएका छन् । मंगलबारबाट सुरु भएको समुदायमा कांग्रेस अभियानको विराटनगरमा सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीजीले ३ हजार थप शहीद
काठमाडौं। शहीद दिवसको अवसर पारेर नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘राष्ट्र निर्माणमा शहीदको बलिदान’ विषयक चित्रकला कार्यशाला तथा कला प्रदर्शनी आयोजना गरिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कार्यशालामार्फत शहीदले समाज र देश निर्माणमा पु¥याएको योगदानलाई स्मरण गरिएको बताए । उनले भने, “कार्यशालामा शहीदको योगदानलाई कलाकृतिमार्फत जीवन्त तुल्याउने प्रयास गरिने छ ।”
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सबीच शिष्टाचार भेट भएको छ । माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटघाट गरेका हुन् । उक्त भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ । विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो । विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए ।
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक
काठमाडौं। नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल प्याट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे चर्चा भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । गोर्खाहरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व
काठमाडौं। ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वको र पश्चिमवाट पैदल यात्रासहित आउने पीडितहरू चितवनमा भेला भइ पुनः पैदलमार्फत काठमाडौं पुग्ने र त्यहाँ बृहत् सभा
म्याग्दी। रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन् । त्यस्तै, रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते
गण्डकी। स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौंको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ । त्यस्तै, खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी
मनाङ। चलचित्र ‘खुस्मा’ को पहिलो तालिका अन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो । त्यस्तै, हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । उक्त चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह