काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पेश गर्ने कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नेछन् ।
काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अष्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउण्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरूपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन उहाँ आज साँझ ६ बजे प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही माघ २७
ढोरपाटन,बागलुङ। निसीखोला गाउँपालिका(९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्थे । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो, तर अहिले
धनकुटा। चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि सो गाउँपालिकाले २४ जना एकल महिलालाई पाँच दिने अचार बनाउने तालिम प्रदान गरेको छ भने सहभागीहरूलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिएका छन्। त्यस्तै, उद्यमी विष्णुमायाँ
काठमाडौं। देशभर सवारी चेकजाँच र ट्राफिक नियममा कारबाही गरेर मात्रै प्रहरीले करिब ८० करोड रुपैयाँ राजस्व उठाएको छ । त्यस्तै, चालु आर्थिक वर्षको हालसम्मको अर्थात् साउनदेखि पुस मसान्तसम्मको अवधिमा देशभरबाट ट्राफिक कारबाही गरेर ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजश्व सङ्कलन भएको हो । छ महिनामा प्रहरीले ट्राफिक
काठमाडौं। बुधबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी भएको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन मिति २०८० साल फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।
काठमाडौं। कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई सेवा सञ्चालनको तयारी थालेको छ । उक्त प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलहरूमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो । प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक-पटक
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा ‘बृहत् कृषि महोत्सव’ को आयोजना गरिने भएको छ । उक्त जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त आयोजना, काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आर्थिक व्यवस्थापन, जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा जिल्लाका कृषकले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा
काठमाडाैं । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ ग्रहणसँगै जिम्मेवारी सम्हालेका छन् । बुधबार बिहान १०:१५ बजे उनले नयाँ बानेश्वर, ल्होत्से हलमा सपथ सम्पन्न भएकाे थियाे । मंगलबार राष्ट्रपति पौडेलले संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाइ नियुक्त गरेका हुन् । महासचिवबाट डा. भरतराज गौतमले राजीनामा दिएपछि संविधानको धारा १०६ को