Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

सम्पादकसँग के भने शेखर कोइरालाले?


काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम र अवस्थाका बारेमा राजधानी काठमाडौबाट प्रकाशित हुने प्रमुख साप्ताहिक पत्रिकाका सम्पादकहरुसँग अन्तरक्रिया गर्नुभएको छ।

अन्तरक्रियामा- कबिर राणा, शम्भु श्रेष्ठ, गोपाल बुढाथोकी, निरोधराज पाण्डे, दामोदर दवाडी, ईश्वरी वाग्ले, राजेन्द्र उपचारक र बिश्वमणी सुवेदी सहभागी हुनुहुन्थ्यो। बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा सम्पादकहरुले निम्न धारणाहरु राख्नुभयो-

– कांग्रेसभित्रै लोकतन्त्रको संकट देखियो ।
– राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुम्यो ।
– सिङ्गो पार्टीमा अनुशासन कायम गर्नुपर्यो ।
– सत्ता प्राप्त हुन्छ भन्दैमा जोसँग पनि गठबन्धन गर्ने परिपाटी कांग्रेसले अन्त गर्नुपर्छ ।
– अस्थिरताको कारक तत्व संविधान हो । समानुपातिक प्रणाली खारेज नगरेसम्म देश अगाडी बढ्न सक्दैन ।
– दलहरु सुध्रिएनन् । दलहरुले जति माफी मागे पनी जनताले पत्याउँने छैनन् ।
– बदनामै भएपनी नयाँ चाहियो भन्ने जनताको माग रहेछ भन्ने कुरा पछिल्ला घट्नाले देखाएको छ, प्रजातन्त्रको लागि यो खतरा हो ।

डा शेखर कोइरालाले संबिधान संशोधन नगरी मुलुकले निकाश नपाउँने भएकाले संविधान संशोधन गरेर अगाडि जानुपर्ने बताउँनुभयो। अहिले देश र कांग्रेस पार्टीको अवस्था दुवै असाध्यै खराब रहेको र पार्टीभित्र आफ्नो समूह थोरै भएकाले पार्टी सुधारका जति कुरा गरे पनि त्यसको सुनुवाइ नभएको बताउँनुभयो। तर आफुले हरेस नखाएको र एकदिन कांग्रेस पार्टीलाई पुरानो अवस्थामा ल्याएर एक्लै बहुमत ल्याउन ल्याउन सक्ने बनाउन सक्छु भन्ने बिश्वास रहेको बताउँनुभयो। साथै उहाँले नेपालको विभिन्न प्रजातान्त्रिक आन्दोलनमा साप्ताहिक पत्रिकाले पुर्याएको योगदानको प्रशंसा पनि गर्नुभयो।


प्रकाशित मिति: १६ चैत्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?