प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले सिंहदरबारलाई कार्यसञ्चालनको मुख्य थलोको रूपमा लिएको छु ।
नगर क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ । विराटनगरभित्र सञ्चालित धेरै होटल र मदिरा व्यवसाय दर्ता नगरेको पाइएपछि व्यवसायीहरुलाई बोलाएर महानगरले छलफल गरेपछि सो आग्रह गरेको
परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो । सो भेटमा नेपाल र बङ्गलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि
बङ्गलादेशमा आयोजना हुने साफ यु–२० (२० वर्षमुनि) महिला च्याम्पियनसिप फुटबलमा सहभागी हुन जाने नेपाली टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फाका पदाधिकारीले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । साफ च्याम्पियनसिप बङ्गलादेशको राजधानी ढाकामा यही माघ २० देखि २६ गतेसम्म सञ्चालन हुनेछ
काठमाडौ: परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो । मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा
काठमाडौँ महानगरपालिका र नेपाल ल क्याम्पस बिच काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा निशुल्क कानुनी सेवा उपलब्ध गराउन आज समझदारी भएको छ । समझदारीपत्र अनुसार सबै महानगरवासीलाई सबै वडा कार्यालयहरूबाट कानुनी तथा सामान्य किसिमका लिखत तयार गर्न, मौखिकरुपमा कानुनी परामर्श सेवा दिने कार्य हुनेछ। नेपाल ल क्याम्पसमा अध्ययनरत एल एल
नेपाली काँग्रेसकाे संस्थापनइतर समुहका विधार्थी नेताहरुले ने.वि.संघकाे केन्द्रीय अध्यक्षले अवैधानिक तरिकाले नेपाल विधार्थी संघकाे विधान साताै संसाेधन २०७५ काे धारा ३१,३४ र पार्टिकाे केन्द्रीय कार्यसम्पादन समितिकाे निर्णय नं.२ विपरित गुटगट स्वार्थका अाधारमा देशभर बिधिन्न जिल्ला,क्याम्पसमा अवैधानिक निर्णय गरि बाडेका चिठ्ठिहरु अाफ्नाे समुहलाई मान्य नहुने भन्दै तत्काल खारेज गर्न सामुहिक रुपमा
काठमाडौँ । एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै संकट समाधानका लागि २० बुँदे सुझाव दिएको छ । जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र
तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदीबन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो । नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गर्नुभएको हो । उहाँले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक
कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशबाट सञ्चालन हुँदै आएका कर्णाली प्रदेशका प्रहरी संरचना कर्णालीमा सार्न पहल गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले लुम्बिनी प्रदेशको नेपालगञ्जबाट सञ्चालित प्रहरी कार्यालय कर्णालीमा ल्याउन पहल गरिने बताउनुभयो । नेपालगञ्जमा रहेका ती निकायको अनुगमन तथा निरीक्षणका क्रममा उहाँले कर्णालीका