Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

‘मन्त्रीको ध्यान संस्कृतितिर गएन’


१९ असार, काठमाडाैँ । मन्त्रालयको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भए पनि अहिलेसम्म बनेका मन्त्रीको ध्यान भने पर्यटन र नागरिक उड्डयनतिर मात्र गई संस्कृति ओझेलमा परेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथिको छलफल कार्यक्रममा सांसद रामचन्द्र राईले नागरिक उड्डयनको पाटोमा बढी ध्यान दिई मन्त्रीहरुले संस्कृतितिर ध्यान नदिएको आरोप लगाए ।

नेपाल भाषाभाषीको धनी देश भएको उल्लेख गर्दै उनले ७० भाषा जनजातिले बोल्ने भए पनि त्यसमा सरकारको ध्यान नगएको बताउनुभयो । भौतिक एवं अभौतिक सम्पदा संरक्षणमा मन्त्रालयले ध्यान दिन नसकेको राईको भनाइ थियो । संस्कृतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेर भौतिक एवं अभौतिक सम्पदाको संरक्षणमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

बैठकमा सांसद गोपाल भट्टराईले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामचन्द्र राईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको खर्च कटौती र शारदादेवी भट्टले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि छुट्याइएको बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये चार मन्त्रालयका विषयमा विचार राख्नुभएको थियो ।

छलफलमा भाग लिँदै सांसद सोनाम गेल्जेन शेर्पाले सगरमाथा चढेको स्पष्ट परिभाषा बनाइनुपर्नेमा जोड दिए । यो परिभाषालाई कानुनमै राखिनुपर्ने उनको माग थियो । आधार शिविर कसरी बनाउने भन्ने मापदण्ड बनाउनुपर्ने शेर्पाले बताए । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखे ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?