Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

ललिता निवास प्रकरण : मीनबहादुरसहितको रिटमा सुनुवाइ हुँदै


१९ असार, काठमाडाैँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ हुन लागेको हो ।

सो प्रकरणमा पक्राउ पर्नुभएका सुधीरकुमार शाहको हकमा अभिषेकविक्रम शाह, धर्मप्रसाद गौतमको हकमा सरोज गौतम र मीनबहादुर गुरुङको हकमा विद्या गुरुङले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित असार १३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

यसअघि असार १५ गते न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो । सोही आदेश बमोजिम प्रतिवादीका तर्फबाट लिखित जवाफ प्राप्त भएपछि आज सुनुवाइका लागि पेसी तोकिएको हो ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?