Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद गर्ने आदेश


१९ असार, बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ ।  शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई छ वर्ष कैदको आदेश न्यायाधीश जयानन्द पनेरुको इजलासले दिएको हो ।

प्रजालाई मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद र  मतियार देखिएकी विमलालाई  अपराधसंहिता २०७४ को दफा ३६ (३) (ख) बमोजिम छ वर्ष कैद गरिने अदालतका स्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिए ।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए । शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गत पुस ७ गते पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको थियो । दुवै जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुईपटक म्याद थपेर अनुसन्धान गरिएकामा पुस अन्तिम सात दुवै जनालाई   पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको  थियो ।  श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए ।

छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुव्र्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका उनले विष्टको छाती र मुखमा हिर्काउँदै छात्रावासबाहिर ल्याई थप कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका थिए । विष्टको मृत्युपश्चात् शवलाई प्रजा र विमलाले केत्तुकेको झारीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?