Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद गर्ने आदेश


१९ असार, बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ ।  शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई छ वर्ष कैदको आदेश न्यायाधीश जयानन्द पनेरुको इजलासले दिएको हो ।

प्रजालाई मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (२) बमोजिम जन्मकैद र  मतियार देखिएकी विमलालाई  अपराधसंहिता २०७४ को दफा ३६ (३) (ख) बमोजिम छ वर्ष कैद गरिने अदालतका स्रेस्तेदार जनकसिंह बोहराले जानकारी दिए ।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक विष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृतावस्थामा भेटिएका थिए । शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गत पुस ७ गते पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको थियो । दुवै जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा दुईपटक म्याद थपेर अनुसन्धान गरिएकामा पुस अन्तिम सात दुवै जनालाई   पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको  थियो ।  श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन् । उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए ।

छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली दुव्र्यवहार गरेको प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका उनले विष्टको छाती र मुखमा हिर्काउँदै छात्रावासबाहिर ल्याई थप कुटपिट गरी हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका थिए । विष्टको मृत्युपश्चात् शवलाई प्रजा र विमलाले केत्तुकेको झारीमा फालेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।


प्रकाशित मिति: १९ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?