२२ फागुन, म्यादी । जलजला गाउँपालिका - ८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला ९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड
२२ फागुन, काठमाडाैँ । आज फागुन पुर्णिमा अर्थात् होली । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने
२१ फागुन, काठमाडाैँ। सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न आदेश गरेको हो ।
२१ फागुन, काठमाडाैँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताएका छन् । आज यहाँ सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा
२१ फागुन, काठमाडाैँ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १६८ को उपधारा४ बमोजिम आज प्रदेशसभाको बैठकबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभा भवन धनगढीमा बसेको प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्रीले राखेका थिए प्रस्तावको पक्षमा दुई तिहाइभन्दा बढी ४१ प्रदेशसभा सदस्यले मत जोहर गरेका छन् । प्रस्तावको विपक्षमा ११
२१ फागुन, काठमाडाैँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र अन्त्य हुनुमा माओवादी जनयुद्धको भूमिका नरहेको टिप्पणी गरेका छन् । आज काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले २०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएका कारण राजतन्त्र अन्त्यमा जनयुद्धको भूमिका नरहेको टिप्पणी गरे ।
२१ फागुन, काठमाडाैँ। आठ दलीय गठबन्धनको बैठक सुरू भएको छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठक अहिले जारी रहेको जानकारी दिइएको छ । बैठक राष्ट्रपति निर्वाचन र मन्त्रीमण्ड बिस्तारबारे केन्द्रीत हुने बताइएको छ । बैठकमा आठ दलका शीर्ष नेतासँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी भएको बताइएको छ
भोजपुर र धनकुटाको सिमाना लेगुवाघाटस्थित अरूण नदीको पुलमा लगाइएको नट बोल्ट भाँचिएको छ । नट बोल्ट भाँचिएपछि सवारीसाधनलाई आलोपालो प्रवेश गराउन थालिएको छ । पुलको नटबोल्ट भाँचिएपछि जोखिम बढेकाले सवारीसाधन आलोपालो गरी चलाइनुका साथै कम क्षमता भएका सवारीसाधनलाई मात्र प्रवेश गर्न दिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब
२१ फागुन, काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४औँ यदु स्मृति दिवस तथा २१औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक
२१ फागुन, काठमाडाैँ। गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ । ससाना क्लिप आउँदा प्रचारप्रसार भएको मान्ने चलचित्रकर्मी केही समययता महत्वपूर्ण दृश्यसमेत भेटिँदा भने