३ चैत्र, काठमाडाैँ । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई आज स्पेनबाट नेपाल ल्याई विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितको टोली र परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज मध्याह्न शव बुझेपछि पशुपतिस्थित शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जलीे कार्यक्रमको आयोजना गरेको थियो । १३
३ चैत्र, लुम्बिनी । लुम्बिनीमा एकैदिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो । अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र
३ चैत्र, काठमाडाैँ । दक्षिण भारतीय शहर हैदरावादमा बहु-तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो । "आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको छ," एक
३ चैत्र, काठमाडाैँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि एकपछि अर्को गरी आक्रमण हुन थालेपछि यस क्षेत्रका छाता संस्थाले दोषीलाई कारबाहीसहित सुरक्षा प्रत्याभूतिको माग गरेका छन् । नेपाल बैंकर्स सङ्घ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैंकर्स सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै
३ चैत्र, काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएका छन् । शुक्रबार भएको निर्वाचनबाट उनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति बनेका हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उपराष्ट्रपति निर्वाचनको मतदानपश्चात मतगणनामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनि उपराष्ट्रपति भएका हुन् । निर्वाचनमा सङ्घीय संसद्का तीन सय
३ चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदाे चैत १० गतेसम्म सरकार बिस्तार हुने बताएका छन् । शुक्रवार लगानी बोर्डको बैठकपछि मिडियाहरूसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्रीले आज उपराष्ट्रपतिको चुनावपछि सबै दलहरूसँग बसेर सरकार विस्तारको छलफल गर्ने बताए । 'विश्वासको मतपछि सरकारलाई पूर्णता
३ चैत्र, काठमाडाैँ । चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब रू साढे १३ अर्ब रकम विदेशिएको छ । उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म रू १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो । विभागले आठ महिनामा रोयल्टीबापत रू दुई
३ चैत्र, काठमाडाैँ । मतदान सकिएसँगै उपराष्ट्रपति निर्वाचनमा मतगणना सुरू भएको छ । ३ बजे मतदान गर्ने समय सकिएपछि केही बेरअघि मतगणना सुरू भएको हो । मतदानमा तीन सय ११ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । आजै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन
३ चैत्र, काठमाडाैँ । मुलुकको तेस्रो उपराष्ट्रपतिको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको हो । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा
३ चैत्र, कपिलवस्तु । कपिलवस्तुमा बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्तक्षर भएको हो । गौतम बुद्धले २९ वर्ष बिताएको झल्को दिने गरी मूर्ति निर्माण गरिने अन्तर्राष्ट्रिय बौद्धिष्ट केन्द्रका सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतमले जानकारी