३० फागुन, काठमाडाैँ । लोपोन्मुख अवस्थामा रहेका डङ्गर प्रजातिको गिद्ध मृत फेला परेका छन् । सोमबार नवलपरासी(बर्दघाट–सुस्तापूर्व)को कावासोती–३ स्थित केरुङ्गे खोलाको छेउमा पाँच वटा डङ्गर प्रजातिको गिद्ध मृत भेटिएका हुन् । वन अधिकृत मोहनराज काफ्लेले पाँच गिद्ध मृत अवस्थामा र दुई घाइते अवस्थामा फेला परेको जानकारी दिएका छन् । उक्त गिद्ध
३० फागुन, काठमाडाैँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको नवगठित प्राज्ञ परिषद्ले आजीवन सदस्यहरूको सुविधा कटौती र राष्ट्रभाषाका सम्बन्धमा गरेका निर्णयबारे साहित्य सन्ध्या संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राज्ञ परिषद्ले विभागीय कार्यविभाजन गर्ने क्रममा अस्वाभाविक र अमिल्दो पुनर्गठन गर्नुका साथै नेपाली भाषालाई अपमान गर्दै नेपाली नेपाली भाषा होइन, यो त खस भाषा
३० फागुन, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको लागतमा सञ्चालित साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको छ
३० फागुन, काठमाडाैँ । पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो । ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ । सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का
३० फागुन, एजेन्सी। टर्किको केन्द्रीय बैङ्कले सोमबार सुनको आयातमा तीव्र वृद्धि र ऊर्जा आयात बिलहरू बढ्दै गएपछि जनवरीमा देशको चालु खाता घाटा झन्डै ९.८५ अर्ब अमेरिकी डलर पुगेको जनाएको छ । केन्द्रीय बैङ्कको तथ्याङ्कले सुन र ऊर्जा बाहेक चालु खातामा जनवरीमा दुई अर्ब छ करोड डलर खुद बचत रहेको पनि देखाएको
३० फागुन, दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो । उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच ता गरी त्यहाँ
३० फागुन, कैलाली । राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा
३० फागुन ,काठमाडौँ । यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल
३० फागुन ,गलकोट । शालिग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रसार गर्नका लागि कालीगण्डकी नदी किनारमा कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको छ । सनातन हिन्दू
३० फागुन,बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र