Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सर्पले डसेको थाहा नहुँदा दाजुभाइको मृत्यु


२६ असार, कपिलवस्तु । सर्पले डसेको थाहा नपाउँदा कपिलवस्तुमा दाजुभाइसहित चार जनाको मृत्यु भएको छ । सोमबार राति बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा वर्ष १२ का दीपक भुसाल र वर्ष ९ का प्रदीप भुसाल छन् । दुबै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङेमा अध्ययन गर्दै आएका थिए । राति मृतक दाजुभाइ हजुरआमासँगै भुइँमा अाेछ्यान लगाएर सुतेका उनीहरु बिहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुर्याइएको थियो । त्यहाँबाट उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो ।

घरबाट पाँच किलोमिटरमा सर्पदंश उपचार केन्द्र छ तर सर्पले डसेको शङ्का नै भएन । अरु होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानीय पशुपति शर्माले बताए । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । हजुरआमालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको भण्डारीले जानकारी दिए ।

मृतक दाजुभाइको बुवाको केही महिना अगाडि मृत्यु (आत्महत्या) भएको थियो । बुवाको मृत्युपछि आमा बवैदेशिक रोजगारीमा गएकी थिइन् । मृतक दाजुभाइलाई हजुरबुवा र हजुरआमाले रेखदेख गर्दै आएकी थिइन् ।

यसैगरी सोमबार सर्पले डसेको थाहा नहुँदा थप दुई महिलाको मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार छन् ।

दुबै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अप्ठ्याराे हुने, शरीर दुख्ने जस्ता लक्षण सर्पको डसाइको हुने भएकोले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जानुपर्ने भण्डारीले बताए ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?