Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
३ फाल्गुन २०८२, आईतवार
३ फाल्गुन २०८२, आईतवार

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान


२६ असार, काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ । यही असार २८ र ३१ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि ३१ सदस्यीय नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको हो । नेपालले यस मैत्रीपूर्ण खेललाई चीनको होङझाउमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिताको तयारीका रुपमा लिएको छ ।

सहभागी नेपाली महिला फुटबल टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ रहेका छन् । त्यस्तै डिफेन्डरमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे र अञ्जली वाइवा छन् ।

मिडफिल्डरमा रेनुका नगरकोटी, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रिति राई र  दीपा शाही छन् भने फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की र रेखा पौडेल छन् । मुख्य प्रशिक्षकमा अनन्तराज थापा र सहायक प्रशिक्षकमा पारस चौधरी र गोलकिपर प्रशिक्षकमा सुरजकुमार लामा छन् ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?