काठमाडौ। संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे १० बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । आजको बैठकमा नेपाल वायुसेवा निगमको जहाजमा देखिएका समस्या सम्बन्धमा छलफल हुनेछ।
काठमाडौ। नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कमिटीको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीको शपथग्रहण, पोलिटब्युरो सदस्यहरुको शपथग्रहण हुनेछ । साथै समसामयिक राजनीतिक विषयमा पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो
काठमाडौ। जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गणना गर्न लायक काम गर्न नसकेको टिप्पणी गरेका छन् । केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको बताउदै उनले बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारले गफ भने
काठमाडौ। चलचित्र ‘एक्लो’ को छायांकन शुरु भएको छ । बुधवार काठमाडौंको भद्रकालीमा पूजाआज गर्दै ‘एक्लो’ को छायांकन शुरु गरिएको हो । चलचित्रमा बेलायती अभिनेता जेमी बेकन, दीया पुन, विजय लामा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्र छायांकनको शुभमूहुर्तको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेता विजय लामाले ग्लोवल अडेन्सको निम्ति चलचित्र निर्माण
काठमाडौ। नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने प्रावधान राख्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले वर्तमान प्रणालीका कारण राजनीतिक स्थायित्व नभएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बताउदै उनले संविधान संशोधनको कुरा उठिरहेको भन्दै सो विषयमा
काठमाडौ। गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनिकरण हुनेगरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सवारी दुर्घटनामा परी पछिल्लो समय ज्यान गुमाउनेहरुको संख्या बढ्दै गइरहेको भन्दै गृहमन्त्री लेखकले बुधवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सरोकारवाला पक्षसँगको छलफलमा सो निर्देशन दिएका छन् । आउने २/३ महिना भित्र सवारी दुर्घटनामा कमी आएको देखिनेगरी
काठमाडौ। साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले पहिलो गोल व्यहोर्नु नै खेल टर्निङ प्वाइन्ट रहेको बताएका छन् । सातदाबाटोस्थित एन्फा कम्प्लेक्स पहिलो हाफको थप समयमा फ्रिकिकमार्र्पmत गोल बेहोरेको थियो । त्यो गोलसँगै नेपाल खेलमा १–० ले पछि परेको थियो । हारपछि नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले अनावश्यक
काठमाडौ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक ऋण सरकारको काबु भन्दा बाहिर नभएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा वित्तीय उत्तर दायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले मुलुकको सार्वजनिक ऋण २४ खर्ब पुगे पनि राज्यको काबु भन्दा
काठमाडौ। नेपाललाई ४—१ को हार चखाउँदै बङ्गलादेश पहिलो पटक साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ । सातदोबाटोस्थिति एन्फा खेल मैदानमा भएको खेलमा बङ्गलादेशको जितमा मिराजुल इस्लाम नायक बने । उनले दुई गोल गर्दा तेस्रो गोलको लागि असिस्ट पनि दिए । पहिलो हाफमा नेपालले बङ्गलादेशलाई गोल गर्ने केही मौका