खजुरा। बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । उक्त गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफूहरूलाई सहज भएको स्थानीय रामबहादुर शाहीले बताएका छन् । त्यसैगरी, ज्येष्ठ तथा अशक्त नागरिकका समस्यालाई दृष्टिगत गरी सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाबाटै सुरु गरिएको जानकी गाउँपालिकाका
काठमाडाैं। शेयर बजारमा आज आइतबार ३ पटक सर्किट ब्रेक लागेको छ । तेस्रो पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजलाई कारोबार बन्द भएको छ । आज बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मिनेटमा खुलेको
ढोरपाटन,बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरेका छन् । नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै
मकवानपुर। मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए
चौतारा,सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । त्यसैगरी गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस
दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गरेका छन् । त्यस्तै, निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराएको बताएका छन् । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न
काठमाडाैं। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन
काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै छ । उक्त बैठकमा आगामी निर्वाचन, सङ्गठन विस्ता, चुनावी गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भ्रातृसंगठन निर्माण लगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका रहेको छ । त्यस्तै, लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो ।
चितवन। नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरेका हुन् भने सो गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी भएका छन् । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म
लमजुङ। लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेसीसहर नगरपालिका– ४ पुरानोकोट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिएका छन् । प्रहरी निरीक्षक