Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा


गोरखा। उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । सो गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो ।

उक्त गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको बताए । सो कार्यक्रमबाट चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा पालिकाभित्रका २९ गर्भवतीले सेवा लिएका छन् ।

“भौगोलिक हिसाबले जटिल धार्चे गाउँपालिकाको सबै वडामा यातायातको सहज पहुँच छैन, यस्तो कठिनाइका बीच पनि गर्भवतीको स्वास्थ्य जाँचका लागि अन्यत्र अस्पतालसम्म धाएर पुग्नुपर्ने भएकाले गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी पठाएर घुम्ती सेवामार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ”, अध्यक्ष गुरुङले भने ।

त्यस्तै, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएपछि गाउँका गर्भवतीका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको उनले बताउए । प्रत्येक वडामा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सकिने भएको छ ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?