Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पा चिउरीडाँडालाई


खोटाङ। ‘नेप्रा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाले जितेको छ।

दिक्तेल रूपाकोट मझुवागढी-६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेप्रा स्पोर्टस् क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पा चिउरीडाँडाले उपाधि हात पारेको हो । सो उपाधिसँगै दोर्पा चिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेप्रा स्पोर्टस क्लबले ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरे। यस्तै नेप्रा स्पोर्टस् क्लबका लागि सुरज राईले गोल गरेका थिए।

उक्त प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई २५/२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए।

त्यस्तै, विजेतालाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए। यही पुस २२ गते शुरु भएको प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?