Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पा चिउरीडाँडालाई


खोटाङ। ‘नेप्रा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाले जितेको छ।

दिक्तेल रूपाकोट मझुवागढी-६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेप्रा स्पोर्टस् क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पा चिउरीडाँडाले उपाधि हात पारेको हो । सो उपाधिसँगै दोर्पा चिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेप्रा स्पोर्टस क्लबले ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरे। यस्तै नेप्रा स्पोर्टस् क्लबका लागि सुरज राईले गोल गरेका थिए।

उक्त प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई २५/२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए।

त्यस्तै, विजेतालाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए। यही पुस २२ गते शुरु भएको प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?