२४ ,मङ्सिर ,मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको
२४ ,मङ्सिर ,काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) र विराटनगर महानगरपालिकाको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको संयुक्त आयोजनामा दुई दिने “क्षुद्रग्रह खोज तालिम” विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा सम्पन्न भएको छ । तालिममा विराटनगर महानगरपालिका विराट बहिरा माध्यमिक विद्यालय, सेन्ट मेरिज माध्यमिक विद्यालय, दिल्ली पब्लिक स्कुल, सत्यनारायण माध्यमिक विद्यालय
२४ ,मङ्सिर ,काठमाडौँ । एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा कार्य प्रारम्भ गरेको छ । नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समितिका संयोजक टङ्कमणि शर्मा दङ्गालले जानकारी दिए । समितिले अध्ययन तथा छानबिनका
२४ ,मङ्सिर ,नुवाकोट। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ‘समृद्धिको लागि सङ्कल्प यात्रा–२०८०’ को क्रममा शनिबार राति नुवाकोट आइपुग्नुभएका अध्यक्ष ओलीको आज आइतबारसम्मको नुवाकोट बसाईमा ‘सन्देश सभा’ लाई सम्बोधन तथा सरोकारवालासँगको अन्तरक्रियामा दुई छिमेकी राष्ट्र चीन र
२४ ,मङ्सिर ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालमा भएका मानव अधिकार उलङ्नका घटनाको छानबिन गर्न गठित सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको कामलाई सङ्क्रमणकालीन न्यायका मान्य सिद्धान्त अनुरूप प्रभावकारीरूपमा कार्यान्वयन गरिने बताएका छन् । मानव अधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा
२४ ,मङ्सिर ,पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रिका लोकार्पणका अवसरमा सभापति देउवाले जनताले सो पत्रिकामार्फत कांग्रेसबारे जानकारी हासिल गर्न सक्ने बताए । “नेपाल
२४ ,मङ्सिर ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मानवअधिकारको विश्वव्यापी घोषणा भएको ७५ वर्ष पुगेका अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा सहभागी भहेका छन् । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संसदीय समितिका
२४ ,मङ्सिर ,काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा न्यूनीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ ११४५ हेल्पलाइन सेवा’ को छैटौँ वार्षिकोत्सव समारोह एवं लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिनका अवसरमा मन्त्री आचार्यले महिलाका हकअधिकार सुरक्षित
जानकी,बाँके। बाँकेको नेपालगञ्ज–कोहलपुर रत्न राजमार्गका पाँच ठाउँमा आकाशे पूल निर्माणको ठेक्का सम्झौता भएको छ । तर सडक विभागले निर्माणादेश नदिएका कारण सम्झौताअनुरूप आकाशे पूल निर्माण तीव्र गतिमा अघि बढ्न सकेको छैन । उक्त निर्माणका लागि सम्झौता भएको १३ महिना विते पनि निर्माण व्यवसायीले सम्झौताअनुरूप काम गर्न पाएका छैनन् भने भौतिक
विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सो प्रस्ताव सदनमा पेस गरेका थिए । कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १०५ बमोजिम ‘प्रदेश