Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सन्दीप जोराको शतक प्रेरित एपिएफको विजयी सुरुवात


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो। शनिबार पुलिससँग पराजित भएको बागमतीले लगातार दोस्रो खेलमा हार बेहोर्‍यो। आइतबार एपिएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रनमै अलआउट भयो।

बागमतीका लागि ओपनर आशुतोष घिराइयाले ४१ रन जोड्दा अर्का ओपनर इशान पाण्डे शून्यमा आउट भए। कप्तान रित गौतमले ८९ बलमा ८ चौकाको मद्दतमा ६० रन जोडे। यस्तै रविन जोशीले नटआउट २० रन जोडे। बलिङमा एपिएफका कप्तान रोहित पौडेलले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा २६ रन खर्चिए। अभिनास बोहरा र मौसम ढकालले २–२ विकेट लिन सफल भए।

त्यसअघि एपिएफले सन्दीप जोराको शतकमा ९ विकेटको क्षतिमा २४१ रन जोड्यो। टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दीपले टिम खराब स्थितिमा रहेको बेलामा शतक प्रहार गरेका हुन्। अन्तिम ओभरमा रनआउटको सिकार हुनुअघि उनले ११२ रन जोडे। उनले ११७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे।

यस्तै १२.४ ओभरमा ५ विकेट गुमाउँदा एपिएफले ४१ रन मात्र जोडेको थियो। त्यसपछि सन्दीपले एपिएफलाई धैर्यताका साथ अघि बढाएका थिए। प्रधानमन्त्री कपमा यो दोस्रो शतक हो । यसअघि नेपाल पुलिस क्लबका रासिद खानले बागमतीविरुद्ध नै शनिबार शतक प्रहार गरेका थिए।

आइतबार बागमतीविरुद्ध एपिएफका ओपनरद्वय प्रज्जल शाही १० रन र आसिफ शेख १५ रनमा आउट भए। यो सिजनदेखि एपिएफमा आबद्ध भएका कप्तान रोहित पौडेल २ रनमा रिजन ढकालको एलबिडब्लूको धरापमा परे। त्यस्तै, सुमित महर्जन ६ रन र पुरन विक शून्यमा आउट भए। यस्तै लोकेश बमले २७ रन, भुवन कार्कीले १० रन र अमरसिंह रौटेलाले २२ रन बनाए। अभिनास बोहराले नटआउट १८ रन जोडे।

बलिङमा बागमतीका सूर्य तामाङले ३ विकेट लिए । उनले १० ओभरमा ३२ रन खर्चिए। प्रतिश जिसी र रिजन ढकालले २/२ विकेट लिए भने सोनु देवकोटाले १ विकेट हात पारे।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?