Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सन्दीप जोराको शतक प्रेरित एपिएफको विजयी सुरुवात


काठमाडौं। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो। शनिबार पुलिससँग पराजित भएको बागमतीले लगातार दोस्रो खेलमा हार बेहोर्‍यो। आइतबार एपिएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रनमै अलआउट भयो।

बागमतीका लागि ओपनर आशुतोष घिराइयाले ४१ रन जोड्दा अर्का ओपनर इशान पाण्डे शून्यमा आउट भए। कप्तान रित गौतमले ८९ बलमा ८ चौकाको मद्दतमा ६० रन जोडे। यस्तै रविन जोशीले नटआउट २० रन जोडे। बलिङमा एपिएफका कप्तान रोहित पौडेलले ४ विकेट लिए। उनले ९ ओभरमा १ मेडन राख्दा २६ रन खर्चिए। अभिनास बोहरा र मौसम ढकालले २–२ विकेट लिन सफल भए।

त्यसअघि एपिएफले सन्दीप जोराको शतकमा ९ विकेटको क्षतिमा २४१ रन जोड्यो। टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दीपले टिम खराब स्थितिमा रहेको बेलामा शतक प्रहार गरेका हुन्। अन्तिम ओभरमा रनआउटको सिकार हुनुअघि उनले ११२ रन जोडे। उनले ११७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे।

यस्तै १२.४ ओभरमा ५ विकेट गुमाउँदा एपिएफले ४१ रन मात्र जोडेको थियो। त्यसपछि सन्दीपले एपिएफलाई धैर्यताका साथ अघि बढाएका थिए। प्रधानमन्त्री कपमा यो दोस्रो शतक हो । यसअघि नेपाल पुलिस क्लबका रासिद खानले बागमतीविरुद्ध नै शनिबार शतक प्रहार गरेका थिए।

आइतबार बागमतीविरुद्ध एपिएफका ओपनरद्वय प्रज्जल शाही १० रन र आसिफ शेख १५ रनमा आउट भए। यो सिजनदेखि एपिएफमा आबद्ध भएका कप्तान रोहित पौडेल २ रनमा रिजन ढकालको एलबिडब्लूको धरापमा परे। त्यस्तै, सुमित महर्जन ६ रन र पुरन विक शून्यमा आउट भए। यस्तै लोकेश बमले २७ रन, भुवन कार्कीले १० रन र अमरसिंह रौटेलाले २२ रन बनाए। अभिनास बोहराले नटआउट १८ रन जोडे।

बलिङमा बागमतीका सूर्य तामाङले ३ विकेट लिए । उनले १० ओभरमा ३२ रन खर्चिए। प्रतिश जिसी र रिजन ढकालले २/२ विकेट लिए भने सोनु देवकोटाले १ विकेट हात पारे।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?