Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधी चितवनलाई


काठमाडौं । हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधी चितवनले हात पारेको छ। दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधी रामेछापलाई हराउँदै चितवनले हात पारेको हो।

पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधी विजेता चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। कपको उपविजेता रामेछापले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। कपमा तेस्रो भएको सिन्धुलीले ५० हजार नगदसहित प्रमाणपत्र पेराप्त गरेको छ भने र दोलखाले सान्त्वनास्वरुप ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ।

कपमा वेस्ट प्लेयरको चितवनका नवीन महतो, वेस्ट स्पाइकर रामेछापका रोशन मगर,वेस्ट सर्भर सिन्धुलीका सरोज हायु, वेस्ट सर्टर चितवनका मन्जिल गुरुङ, वेस्ट ब्लकर चितवनकै मनिष राई र वेस्ट डिफेन्डर रामेछापका माइकल आलेले ट्रफी प्राप्त गरेका छन्।

तत्कालीन माओवादी द्वन्द्वका क्रममा हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेश सभा (क)ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति शुक्रराज तामाङले उपाधी विजेताहरुलाई मेडल, ट्रफी र नगदसहित सम्मान गरेका थिए। प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता रहेको थियो।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?