Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

हेमन्त प्रधान स्मृति भलिबल कपको उपाधी चितवनलाई


काठमाडौं । हेमन्त प्रधान स्मृति कप भलिबलको उपाधी चितवनले हात पारेको छ। दोलखाको जिरीमा आइतबार सम्पन्न बागमती प्रदेशस्तरीय भलिबल कपको उपाधी रामेछापलाई हराउँदै चितवनले हात पारेको हो।

पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधी विजेता चितवनले नगद दुई लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। कपको उपविजेता रामेछापले एक लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। कपमा तेस्रो भएको सिन्धुलीले ५० हजार नगदसहित प्रमाणपत्र पेराप्त गरेको छ भने र दोलखाले सान्त्वनास्वरुप ३० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ।

कपमा वेस्ट प्लेयरको चितवनका नवीन महतो, वेस्ट स्पाइकर रामेछापका रोशन मगर,वेस्ट सर्भर सिन्धुलीका सरोज हायु, वेस्ट सर्टर चितवनका मन्जिल गुरुङ, वेस्ट ब्लकर चितवनकै मनिष राई र वेस्ट डिफेन्डर रामेछापका माइकल आलेले ट्रफी प्राप्त गरेका छन्।

तत्कालीन माओवादी द्वन्द्वका क्रममा हत्या गरिएका तत्कालीन नेपाल तरुण दलका नेता हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस प्रदेश सभा (क)ले आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति शुक्रराज तामाङले उपाधी विजेताहरुलाई मेडल, ट्रफी र नगदसहित सम्मान गरेका थिए। प्रतियोगितामा बागमती प्रदेशका १० जिल्लाका १२ टिमको सहभागिता रहेको थियो।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?