काठमाडाैं। इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार खेल हुँदै छन् । नेपाली समयअनुसार बेलुका पौने ८ बजे वेस्टह्याम र उल्भ्स, ब्रेन्टफोर्ड र एस्टनभिल्ला तथा आर्सनल र ब्राइटनबीच खेल हुनेछ । त्यसैगरी, गएरातिको खेलमा साविक विजेता सिटीले क्रिस्टल प्यालेससँग दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । सिटीले क्रिस्टल प्यालेससँग २
काठमाडाैं। नेपाल मेडिकल काउन्सिलले चिकित्सकको ६८औँ नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि सोमबारदेखि आवेदन खुला गर्ने भएको छ । माघ २ गतेसम्म नियमित शुल्कमा र ३ र ४ गते विलम्ब शुल्क सहित आवेदन दिन पाइने छ । आउँदो माघ १७ देखि १९ गतेसम्म लिने परीक्षाका निम्ति सोमबारदेखि अनलाइन फाराम भर्न सकिने
काठमाडाैं। दूध र दुग्धजन्य पदार्थ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । दही पनि एक दुग्ध उत्पादन हो, जसले पेट सम्बन्धी रोगहरू छिटो निको पार्छ । त्यस्तै, गर्मीमा दहीको सेवन राम्रो मानिन्छ भने जाडोमा दहीको सेवनले रुघाखोकी, रुघाखोकी, घाँटी दुख्ने जस्ता रोग लाग्ने गर्दछ । जाडोमा दही कसरी खाने त ?
सुन्दरहरैँचा,मोरङ। मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए। बेलबारी– ३ मा रहेको इलाका प्रहरी कार्यालयको पुरानो भवनमा २०७९ फागुन १० गते प्रहरी महानिरीक्षक धीरजप्रताप
मुग्लिन,चितवन। जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् । त्रिशूली बचाउ अभियानका संयोजक मेघ आलेले
काठमाडाैं। सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक हजार तीन सय रुपैयाँले
दमौली,तनहुँ । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका–१२ कमलबारीमा आज दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । घाइते हुनेमा तनहुँ भानु नगरपालिका वडा नं १
गलकोट,बागलुङ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव दिए । उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम
काठमाडाैं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उपपराष्ट्रपति यादवले हरेक वर्षको मङ्सिर शुक्लपक्ष पञ्चमी तिथिमा मनाइने विवाह पञ्चमी, २०८० का अवसरमा सनातन धर्ममा विवाह पञ्चमीको
काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । सो बैठक यही पुस ३ गतेसम्म जारी रहने छ । काठमाडाैंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान केहीबेर अघिदेखि बैठक सुरु भएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनका