Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

घरभित्रै हत्या गरिएकी सफिना मियाको शव तीन महिनापछि फेला


काठमाडौँ। यही माघ ३ गते काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित सरिता गिरिको घरमा सढेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी स्वयम्भूमा सडेको अवस्थामा फेला परेको शव तनहुँ भीमादकी ५१ वर्षीय सफिना मियाको भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले स्वयम्भूस्थित गिरिको घरको भुईं तल्लामा भेटिएको शव मियाको भएको पुष्टि गरे । “मियाको हत्याको आशङ्कामा भारत दरभङ्गाका ४३ वर्षीय इकरामूल हक अन्सारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेका छौँ”, उनले भने  । अन्सारी र मिया विगत एक वर्षदेखि सँगै बस्दै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दुईजनाबीच वादविवाद हुँदा हत्या भएको खत्रीले बताएका छन्  ।
प्रहरीप्रमुख खत्रीले घरमा बस्ने व्यक्तिको विस्तृत विवरण घरबेटीसँग नहुँदा अनुसन्धानमा समस्या परेको भन्दै आगामी दिनमा यस्ता कुरामा ध्यान दिन सबैलाई आग्रहसमेत गरे  । मिया विगत तीन महिनादेखि नै कोठामा मृत रहेको अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?