Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु


काठमाडौं। रुसको नियन्त्रणमा रहेको युक्रेनी शहरमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क शहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ ।

त्यसैगरी, रुसको किगीसेप बन्दरगाहमा रहेको टर्मिनलमा दुई वटा विस्फोटनपछि आगलागी भएको बताइएको छ भने स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको र ग्यास ट्याङ्की विस्फोट भएको र आगो फैलाएको बताएको छ ।

त्यस्तै, डोनेट्स्कमा रुसद्वारा नियुक्त शीर्ष अधिकारी डेनिस पुसिलिनले आक्रमणमा २७ को मृत्यु भएको र अन्य कम्तिमा २५ जना घाइते भएको बताएका छन् । युक्रेनी सेनाले आक्रमण गरेको उनको भनाई रहेको छ । युक्रेनले यस विषयमा भने कुनै पनि टिप्पणी गरेको छैन ।

उक्त घटना स्थलमा आकस्मिक सेवाका कर्मचारीले उद्धार कार्य जारी राखेको पुसिलिनले बताएका छन् ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?