जलेश्वर,महोत्तरी। पछिल्लो २० दिनदेखि महोत्तरीलगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनालीसमेत प्रभावित भएका छन् । उक्त जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने चिसो बढेसँगै बजारमा
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको झापा जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार बिर्तामोडमा आयोजित भेलाले दिपेनबाला राईको अध्यक्षतामा २९ सदस्यीय समिति पुनर्गठन गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । उक्त समितिको उपाध्यक्षमा सन्तोष गणेश, बुद्धिमान खोयाङ लिम्बु सचिवमा रोम घिमीरे, उपसचिव चिजा राई, धर्म गुरागाई
काबुल। अफगानिस्तानको बदख्सान प्रान्तमा एउटा विमान दुर्घटना भएको खबर छ । यद्यपि, यी रिपोर्टहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। तालिबानले मिडियालाई साझा गरेको विज्ञप्तिमा उक्त विमान आफ्नो मूल बाटोबाट हटेर बदख्सान प्रान्तको जिबाक जिल्लाको उच्च पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यस्तै, बदख्सान प्रान्तको तालिबान कमाण्डले जारी गरेको
काठमाडौं। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतका समितिका सभापतिहरूसँग छलफल गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरवारमा आइतबार भएको छलफलमा समितिमा रहेका विधेयकहरूको अवस्था लगायतका विषयमा कुराकानी भएको सभामुखको सचिवालयले जनाएको छ । उक्त प्रतिनिधि सभा अन्तर्गत १० वटा समितिमा संवैधानिक परिषद्, विद्यालय शिक्षा, टिआरसीलगायत महत्त्वपूर्ण विधेयकहरू विचाराधीन छन्। सरकारले संसदको अधिवेशन
काठमाडौं। पछिल्लो समय काठमाडौं महानगरपालिकामा करदाताको सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा तीन लाख २४ हजार एक सय २० करदाता रहेकामा चा.लु आवमा तीन लाख ४३ हजार तीन सय ४० पुगेको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार ३५ हजार ५७ बहाल करदाता, ३१
काठमाडौं। बागमती प्रदेशका आन्तरिक मालिमा तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले गणतान्त्रिक मुलुक नेपालमा कसैलाई राजा भनी लेख्ने कार्य संविधानविपरीत भएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा मकवानपुरको हेटौँडामा आयोजना गर्न लागिएको कार्यक्रममा त्यससम्बन्धी ब्यानर लेखिएकाले उक्त ब्यानर हटाउन निर्देशन दिइएको श्रेष्ठले स्पष्ट पारेका छन् । उनले भने, “राजा लेखेको ब्यानर सच्याएर
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले संसद् सचिवालयबाट लिएको उपचार खर्च फिर्ता गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले सो घोषणा गरेका हुन् । उनले आफूले बिरामी भई सदनमा अनुपस्थित भएको बेला प्रमाणस्वरुप अस्पतालमा जाँच गरेको रिपोर्ट बिल पेस गरेको तर भरपाई पैसा नमागेको दाबी
काठमाडौं। कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न कोशी सरकारले गठन गरेको वार्ता समितिका संयोजक कमलप्रसाद जबेगुले पहिचान पक्षधरको माग पूरा गर्न कठिन रहेको बताएका छन् । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी जबेगुले पहिचान पक्षधरले राखेका मागमध्ये संविधानसम्मत मागहरू मात्र पूरा गर्न सकिने बताएका हुन् । त्यस्तै, गत फागुनमा प्रदेशसभाको
काठमाडौं। आईसीसी यू-१९ विश्वकप-२०२४ को पहिलो खेलमा नेपालले न्युजिल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । बफेलो पार्क इस्ट लन्डनमा न्युजिल्यान्डसँग टस हारेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । उक्त खेल पौने दुर्ई बजे सुरु हुँदैछ । सन् २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल
काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबीच भएको अन्तर्क्रियामा पुनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि हुने अवस्था नरहेको बताएका हुन् । संविधानको रक्षा