Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

भूकम्प प्रभावित तीन हजार व्यक्तिले लिए प्रजनन स्वास्थ्य सेवा


रुकुम पश्चिम। रुकुम पश्चिममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन्।

त्यस्तै, गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित दुई स्थानीय तह आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिकले प्रजनन स्वास्थ्य शिविरमार्फत उक्त सङ्ख्यामा सेवा लिएका हुन् । नेपाल परिवार नियोजन सङ्घको आयोजना, आइपिपिएफ परियोजनाको सहयोग र जिल्ला स्वास्थ्य कार्यालयको व्यवस्थापनमा भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो भने गत मङ्सिर ११ गतेदेखि हालसम्म सञ्चालन भएको शिविरबाट जिल्लामा दुई हजार आठ सय ७० भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा दिएको नेपाल परिवार नियोजन सङ्घ दाङका शाखा प्रबन्धक वसन्त खनालले जानकारी दिएका छन्।

उनका अनुसार शिविरबाट दुई हजार पाँच सय १० महिला, तीन सय ५९ पुरुष र एक जना अपसङ्ख्यक नागरिक लाभान्वित भएका छन्। यस अन्तर्गत अपाङ्गता भएका ३७, पाठेघर मुखको क्यान्सर जाँच एक हजार छ सय ७४, स्त्रीरोगसम्बन्धी सेवा दुई हजार दुई सय २९ जनाले सेवा लिएका थिए । त्यस्तै यौनजन्य सङ्क्रमणको उपचार एक हजार दुई सय ४३, परिवार नियोजनको लामो अवधिको सेवा एक सय ९८, आइयुसिडी लामो अवधिको साधन प्रयोग गर्ने दुई, पाठेघर खसेका ४९ महिला, दुई सय छ बालबालिका, गर्भवती तथा सुत्केरीसम्बन्धी सेवा एक सय ६२ जनालाई शिविरबाट सेवा दिएको शाखा प्रबन्धक खनालले बताएका छन्।

त्यस्तै शिविरमार्फत ४१ सुत्केरीलाई मर्यादा सामग्री वितरण, नौजना को एचआइभी परीक्षण र ९२ गर्भवती महिलालाई भिडियो एक्सरे जाँच गरिएको थियो। भूकम्प प्रभावित ती दुई पालिकामा सञ्चालित एक सय ७० सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रमबाट सात हजार सात सय ९७ व्यक्ति लाभान्वित भएको परिवार नियोजन सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक चेनराज जोसीले जानकारी दिएका छन्।

त्यसैगरी, गत मङ्सिरदेखि हालसम्म सञ्चालन भएका १७ शिविरबाट उक्त सङ्ख्यामा नागरिकले सेवा पाएका हुन्। रुकुम पश्चिमका ती दुई दुई स्थानीय तह सहित जाजरकोटका चार स्थानीय तह बारेकोट र कुसे गाउँपालिका तथा नलगाड र भेरी नगरपालिकामा सञ्चालन भएका ४६ शिविरबाट सात हजार तीन सय भूकम्प प्रभावित नागरिकले सेवा लिएको सङ्घका अनुगमन तथा मूल्याङ्कन प्रबन्धक जोसीले जानकारी दिएका छन्।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?