काठमाडौँ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएकाे छ । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा अर्थपूर्ण योगदान दिन सक्ने सक्षम युवाहरू उत्पादनमा सरकार हरसम्भव प्रयासरत गरेको बताउनुभयो ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण
काठमाडाैं । दुई दिनअघि श्रीमान् गुमाएकी ५६ वर्षीया माइली राईले हारगुहार गरेर श्रीमान्को दाहसंस्कार त गरिन्, तर थप किरिया ‘सांगे किरिया’ कसरी सक्ने भन्ने चुनौती थपिएको छ । नुवाकोटको लिखु गाउँपालिका– ४ रानीटार स्थायी घर भएकी माइलीको परिवार काठमाडौंको खुसिबुमा बस्दै आएको छ । छोरा र छोरी बेरोजगार छन् । आम्दानीको स्रोत केही
काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । https://youtu.be/f1C-8F9cjkY
काठमाडाैं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले कानुनी राज्यको उपस्थिति देखाउन देशभर कार्यरत प्रहरीहरूलाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत आज बिहान अपिल जारी गरेका लामिछानेले अपराध नियन्त्रण र कानुनी राज्यको प्रत्याभूतिका लागि कसैको आदेश नकुर्न र ऐन–कानुनअनुसार अधिकार प्रयोग गर्न अपिल गरेका हुन्। देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल भन्दै
काठमाडाैं । राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । माओवादीका गोपी सार्की अछामीको प्रस्तावमा उम्मेदवार बनेका दाहाललाई एमालेका
काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध पिएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो। आइतबार नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अंक बाँडेको थियो । यो खेल जिते नेपाल फाइनल पुग्ने छ। फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।
काठमाडौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
काठमाडौ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अध्यक्ष पदका लागि आज बिहान ११ बजेर ९ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा अध्यक्षको चयनको निर्वाचन हुँदैछ । राष्ट्रियसभाको अध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल चुनावी मैदानमा छन् । कांग्रेसलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले इलाम- २ मा प्रतिनिधिसभाको सदस्यको उपनिर्वाचनमा भाग लिने र बझाङ- १ मा प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको छ। बैठकमा सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी मन्त्रीहरूलाई सहयोग गर्न र ऎतिहासिक अवसरलाइ सफल बनाउन हरसम्भव आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।