डोल्पा। धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिएका छन् । धावनमार्गको एक सय ८५ मिटर
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै कमिटीमा थप छलफलका लागि चारवटा दस्तावेज पठाउने भएको छ । साथै ती दस्तावेजमा सबै कमिटीबाट सुझाव प्राप्त भएपछि परिमार्जन गरिनेछ । राजनीतिक, विधान, समाजवादी कार्यक्रमसम्बन्धी र साङ्गठनिक दस्तावेजमा सबै कमिटीबाट सुझाव सङ्कलन गरी साझा धारणा बनाउन लागिएको हो । देशभरका सबै पालिका,
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमा समूहगत छलफल हुँदैछ । लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव
गुल्मी। गुल्मीमा आगलागीबाट २८ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका १, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा क्षति भएको छ । इस्मा गाउँपालिका–१ की वसुन्धरा कुँवरको घरगोठ पूर्ण रूपमा जलेको छ । स्थानीय रमेश थापाको घरगोठ, होमबहादुर मल्लको गोठ, लीलाबहादुर थापाको घरगोठ, टीकाबहादुर
काठमाडौँ। ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हिजो सुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज पनि जारी रहनेछ । बैठकमा पेस भएका प्रतिवेदनउपर आज समूहगत छलफल हुनेछ । हिजो पहिलो दिनको बैठकमा प्रस्तुत प्रतिवेदनहरुलाई छलफलपछि आजै पारित गरेर बैठक समापन गर्ने कार्यसूची समेत रहेको छ । परिषद् बैठकमा दुई
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्। समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने बताएका हुन् । उनले अबदेखि कार्यालयमा समयमा नभेटिने
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’मा विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल
बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुन सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमा नाका आजदेखि पुन सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन् । वैशाख ७ गते देखि उत्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४
संखुवासभा। आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्ने खबर पछि जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।