काठमाडौं । घर घरमा तुलसी रोपेर आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी पर्व मनाइँदै छ ।सनातन धर्मावलम्बीले आज आँगनमा तुलसीरोपण गर्दैछन् । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन तुलसी मोठमा सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने धार्मिक मान्यता छ । यो अवधिलाई चतुर्मास पनि भनिन्छ ।
प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार