Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

प्रहरी ऐन संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पुर्याउछु : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपालप्रहरी ऐन २०१२’ सम्बन्धि संशोधनको प्रस्ताव एक महिनाभित्र संसदमा पु¥याउने बताउनु भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धि कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताउनु भएको हो । ‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं । बिचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन् । अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उहाँले भन्नुभयो ।

प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशिल बनाउनका लागि प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ । ‘प्रहरी समायोजन ऐन २०७६ छ । संघ र प्रदेशको प्रहरीबिच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौं । त्यो ऐन अनुसार प्रहरी समायोजन हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरुको कुरा उठेको छ । नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयको विषयमा पनि केही पुनरालोकनको आवश्यकता देखिन्छ ।’

सबै कानुनहरु समसामयिक रुपमा परिमार्जन, संशोधन र पुनरालोकन गर्न आवश्यक भन्दै विधिको शासनका लागि कानुनमा स्पस्ट पर्नेमा गृहमन्त्री लेखकले जोड दिनुभयो । ‘कानुन व्यवहारिक छैन भने व्यवहारिक कनाउनुप¥यो । कानुनको एउटै सिद्धान्त हुन्छ – भएको कानुनलाई मान्नुप¥यो । अव्यवहारिक छ भने संशोधन गर्नुप¥यो । कानुनको संशोधन अहिलेको प्राथमिक विषय हो भन्ने मलाई लागेको छ,’ उहाँले भन्नुभयो ।

यस्तै उहाँले नेपाल प्रहरीमा जनशक्तिको अभाव रहेको बताउनुभयो । ‘अपराध अनुसन्धान, शान्ति सुरक्षाको प्रत्याभूतिको क्षेत्रमा गर्नुपर्ने आधारभूत र अत्यावश्यक कामका लागि पनि जनशक्तिको अभाव देखा परेको छ । त्यसमा पनि दक्ष जनशक्ति छैन । तालिम दिनुपर्ने छ । निरन्तर तालिम दिने कुराको अभाव देखिएको छ । यतातिर हामीले यथेष्ट ध्यान दिन जरुरी छ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।

स्रोत साधानको अभावमा पनि नेपाल प्रहरीले राम्रो काम गरिहेको उहाँले बताउनुभयो । ‘जनसंख्याको अनुपातमा हेर्दा पनि प्रहरी संख्या कम छ । प्राविधिक प्रहरीको संख्या हेर्दा पनि कम छ । साधन र स्रोत कम हुँदा पनि नेपाल प्रहरीले सबैभन्दा राम्रो काम गरिरहेको छ । भोलि नै सबै कुरा गर्न सकिन्छ भन्ने होइन । यी विषयलाई सम्बोधन गर्दै जानुपर्छ,’ गृहमन्त्री लेखकले भन्नुभयो ।


प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?