Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


मानव अधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन्: अध्यक्ष केसी

ढोरपाटन,बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरेका छन् । नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै

मकवानपुरमा एक करोड फिरौती मागेको आरोपमा तीन जना पक्राउ

मकवानपुर। मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चौतारा,सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् । त्यसैगरी गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस

अवलोकेश्वर गुम्बा निर्माणका लागी समाजसेवी गुरुङद्वारा दश लाख सहयोग

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गरेका छन् । त्यस्तै, निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराएको बताएका छन् । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न

आयोगको सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडाैं। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐेन

लोसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै छ । उक्त बैठकमा आगामी निर्वाचन, सङ्गठन विस्ता, चुनावी गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भ्रातृसंगठन निर्माण लगायतका अजेण्डाहरुमा छलफल हुने कार्यतालिका रहेको छ । त्यस्तै, लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो ।

नेपाल बार एशोसिएशनको राष्ट्रिय गोष्ठी सौराहामा सुरु

चितवन। नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औँ केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ । त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरेका हुन् भने सो गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी भएका छन् । एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म

क्रिसमसको उपलक्ष्यमा सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी

लमजुङ। लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेसीसहर नगरपालिका– ४ पुरानोकोट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिएका छन् । प्रहरी निरीक्षक

आज सुनको मूल्य फेरी घट्यो, तोलामा कति ?

काठमाडाैं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य घटेको छ ।शुक्रवार तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ भएको सुनको मूल्य आज १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका

त्रिभुवन विमानस्थलबाट ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडाैं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्यस्तै, भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो । सो विमानस्थल भन्सार कार्यालयका

सम्वन्धित समाचारहरु