Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

मानव अधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन्: अध्यक्ष केसी


ढोरपाटन,बागलुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले मानव अधिकार प्राप्तीका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेको बताएका छन् । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले कमजोर नागरिकले वर्षौंदेखि अधिकारका लागि लडाइँ गरे पनि प्राप्त गर्न नसकेको उल्लेख गरेका छन् ।

नागरिकको मानव अधिकारको प्रत्याभूत नभएकै कारण हरेक दिनदिनै नेपाली युवा विदेशिनु परेको अध्यक्ष केसीको भनाइ रहेको थियो । एउटा नागरिककोे गास, बास र कपाससँगै उसले देशमै गरिखान पाउने अधिकार हुने भनिए पनि पछिल्लो समय त्यस्तो वातावरण नहुँदा दिनहुँ हजारौँ युवा बाहिरिनु परेको चर्चा गर्दै उनले यसका लागि राष्ट्रिय जनमोर्चा वर्षौंदेखि लड्दै आएको र अहिले पनि आफूले संसद्मा यस विषयमा आवाज उठाइ रहेको जानकारी दिएका छन् ।

“मानव अधिकारबारे बढी प्रचार गर्नेले नै यसको उल्लङ्घन गरिरहेका छन्, जसले मानव अधिकारको घोर उल्लङ्घन गरेको छ, उसैले मानव अधिकारको चर्को कुरा गरिरहेको छ, कुनै पनि नागरिकलाई मानव अधिकार संरक्षण हुन्छ, भन्ने विश्वास नै छैन”, अध्यक्ष केसीले भने, “शक्ति हुनेको ढुङ्गो उभो पल्टन्छ, कमजोरको उँदो पनि पल्टिँदैन, त्यसले गर्दा जो बलियो छ, उसले मानव अधिकार पाएको छ, निमुखा जनताले भने पाउन सकेका छैनन् ।”

त्यसैगरी, मानव अधिकार रक्षाका लागि सरकार र जनता नै लाग्नुपर्नेमा जोड दिँदै उनले वर्षौंदेखि अन्यायमा परेका कैयौँ नागरिकले अहिलेसम्म न्याय पाउन नसकेकाले यसमा सरकार सचेत हुनुपर्नेमा समेत जोड दिएका छन् ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?