Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अवलोकेश्वर गुम्बा निर्माणका लागी समाजसेवी गुरुङद्वारा दश लाख सहयोग


दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गरेका छन् ।

त्यस्तै, निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराएको बताएका छन् । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बुद्धको गुम्बा निर्माणका लागि पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

गुरुङले भने, “यहाँको आकर्षण बढाउन शाक्यमुनि गुम्बा निर्माण थालिएको थियोे । यहाँ शाक्यमुनि बुद्धका मूर्ति छन् ।” सोही ठाउँमा उहाँकै सक्रियतामा अर्को गुम्बा पनि निर्माण थालिएको छ । भियतनामी शैलीमा भियतनामी इञ्जिनीयरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको होे भने बन्दीपुरको पर्यटन प्रवर्धनका लागि गुम्बाले टेवा पुर्‍याउने गुरुङको भनाइ रहेको थियो ।

त्यस्तै, बुद्धजयन्तीका बेला यहाँ बौद्ध धर्मावलम्बीको भीड लाग्ने गर्छ भने गुम्बा संरक्षणका लागि गणेशबहादुर गुरुङकै संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?