Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

अवलोकेश्वर गुम्बा निर्माणका लागी समाजसेवी गुरुङद्वारा दश लाख सहयोग


दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–४ मा निर्माणाधीन अवलोकेश्वर बौद्ध गुम्बा बनाउन सोही स्थानका गणेशबहादुर गुरुङले रु दस लाख पाँच सय ६५सहयोग गरेका छन् ।

त्यस्तै, निर्माणाधीन गुम्बाका लागि सहयोग जुटाउने क्रममा उनले सबैभन्दा बढी उक्त रकम उपलब्ध गराएको बताएका छन् । दुई दशकअघि सेवा निवृत्त सैनिक हबल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिलेको बताए । सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बुद्धको गुम्बा निर्माणका लागि पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

गुरुङले भने, “यहाँको आकर्षण बढाउन शाक्यमुनि गुम्बा निर्माण थालिएको थियोे । यहाँ शाक्यमुनि बुद्धका मूर्ति छन् ।” सोही ठाउँमा उहाँकै सक्रियतामा अर्को गुम्बा पनि निर्माण थालिएको छ । भियतनामी शैलीमा भियतनामी इञ्जिनीयरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको होे भने बन्दीपुरको पर्यटन प्रवर्धनका लागि गुम्बाले टेवा पुर्‍याउने गुरुङको भनाइ रहेको थियो ।

त्यस्तै, बुद्धजयन्तीका बेला यहाँ बौद्ध धर्मावलम्बीको भीड लाग्ने गर्छ भने गुम्बा संरक्षणका लागि गणेशबहादुर गुरुङकै संयोजकत्वमा एघार सदस्यीय समिति गठन गरिएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?