Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

समाचार


एमालेले नेताहरूको कार्यविभाजन गर्न बिहीबार बैठक बस्ने

काठमाडौँ । नेकपा (एमाले) ले सचिवालय बैठक साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाएको छ । १७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ ।

पोखरामा एलपी देवकोटा स्कुलको बस दुर्घटना

पोखरा । पोखराको बिरौटाको एलपी देवकोटा स्कुलको बस सोमबार बिहान मट्टीखान जाने बाटोमा सडकबाट पल्टिएको छ । बसमा २४ जना सवार बसमा २२ जना विद्यार्थी २ जना स्टाफ थिए । घाइते एक जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था सामान्य रहेको छ । घाइते सबैलाई उपचारका लागि गण्डकी मेडिकल कलेज

बनेपामा ‘ट्रायल सेन्टर’ सञ्चालनमा आउँदै, पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएपछि सेवाग्राहीलाई सहज बन्दै गएको छ । बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयद्वारा एक महिनाअघि स्थापित कार्यालयबाट विशेषगरी मध्यपहाडी क्षेत्रका पाँच जिल्लाका सेवाग्राहीलाई सुविधा पुगेको जनाइएको छ । यसअघि काठमाडौँ उपत्यकाका कार्यालयमा धाउनुपर्ने बाध्यता थियो । प्रमुख व्यापारिक नगरीका रूपमा परिचित

जग्गा किन्नेले ५३ वर्षमा पनि पाएनन् लालपुर्जा

उदयपुर। त्रिपन्न वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले सहर बनाउने योजनाका साथ बिक्री भएका घडेरी किन्नले अहिलेसम्म पनि लालपुर्जा पाएका छैनन्। जिविसले वि.सं. २०२८ जिल्लामा सहर बढाउने उद्देश्यले घडेरी बिक्री गरको थियो। तत्कालीन समयमा गाईघाटस्थित त्रियुगा नगरपालिका र पश्चिमी भेगमा बजार रहेको कटारी नगरपालिकामा घडेरी बिक्री गरिएको थियो। ‘लालपुर्जा नभएपछि

संसदीय सुनुवाइ समितिको बैठक बस्दै : प्रस्तावित निर्वाचन आयुक्तबारे निर्णय हुने

काठमाडौं । संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान साढे ११ बजे बस्दै छ । आजको बैठकमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । २ असारमा संवैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा सिफारिस गरेको प्रधानलाई त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी

अमेरिकाको टेक्ससमा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार टेक्ससको वेको सिटी नजिक हाइवे-३५ मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने नेपाल रुकुम बाफीकोटका ३० वर्षीय दीपक वलीको तीन जना लुटेराको समूहले गोली हानी हत्या गरेको हो । घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर,कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा

सङ्क्रमणकालीन न्याय सम्बन्धी कार्यदलको बैठक बस्दै

काठमाडौँ। सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित कार्यदलको बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा बस्दैछ । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रूप दिन बैठक बस्न लागेको बताइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव

प्रतिनिधिसभा बैठक बस्दै,दुई मन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम

मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार

सम्वन्धित समाचारहरु