काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।यस्तै युरो एकको खरिद दर १४५ रुपैयाँ १५ पैसा र बिक्री दर १४५ रुपैयाँ ८० पैसा रहेको छ।
यसैगरी बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ०९ पैसा र बिक्री दर १७२ रुपैयाँ ८६ पैसा पुगेको छ।
प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार