ललितपुर । ललितपुर जिल्लाको नखिपोट स्थित कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ । सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार, वेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक बच्चा रहेका छन् । नदी किनारमा पानीको वहाव बढ्ने क्रम जारी रहेकाले सतर्कता अपनाउन स्थानीयवासीलाई सशस्त्र
काठमाडौं। अविरल वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजमा पानी बहाव उच्च भए पछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च वहाव भएको छ । शनिवार बिहान ८ बजेको मापन अनुसार सप्तकोसी नदिमा पानीको बहाव ४ लाख १८ हजार२८५ क्युसेक पुगेको छ । हाल
काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको तेमाल गापा ७ मा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । अविरल बर्षाको कारण गएराति तेमाल गाउँपालिका ७ बस्ने भिम बहादुर तामाङको १ तले घर पहिरोले पुरिँदा बर्ष ५० की पातली तामाङ र बर्ष ४० की नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ
काठमाडौँ । बिहीबारदेखि लगातार भएको अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्डको केही भाग भत्काएर बगाएको हो । नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । यसैगरी ,सुनकोसीमा आएको भिषण
काठमाडौँ । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही
वासिङटन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालमा आइपरेका अनेकन विपत्तिको घडीमा विदेशी भूमिमा रहेका नेपालीले महत्त्वपूर्ण सहयोग गर्दै आएको बताएकी छिन् । न्युयोर्कमा जनसम्पर्क समिति अमेरिकाले आयोजना गरेको
बोस्टन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुगेका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हालै संसद्बाट पारित सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार
झापा। लगातार बर्षाका कारण खोला नदीमा आएको बाढीले बनाउँदा झापामा ३५ वर्षीय टीकाराम चौधरी र १४ वर्षीया नेहारिका राजवंशी बेपत्तारहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार साँझ झापाको कमल गाउँपालिका–१ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई र त्यसैगरी कचनकवल गाउँपालिका–१ स्थित चमरभित्ताबाट
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ।देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। आज दिउँसो
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन् । चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि बढाउने सकिने उल्लेख गरिएको स्मरण गराउँदै उनले सोही नीति अनुसार सरकारले अघि बढ्नुपर्ने पनि बताएका