Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

लोकप्रियतावाद र अराजकतालाई सञ्चार क्षेत्रले प्राथमिकता दिनु हुँदैनः वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सञ्चार जगतले लोकप्रियतावाद र अराजकतालाई प्राथमिकता दिन नहुने बताएका छन् ।

बुधवार प्रेस चौतारी नेपाल र प्रेस युनियनले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिकमा पछिल्लो समय लोकप्रियतावाद र राजनीतिमा अराजकता मौलाउँदै गएको बताएका छन् ।

उनले पपुलिजम र राजनीतिकमा अराजकताका विषयमा ध्यान दिन जरुरी रहेको बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले सञ्चार जगतले पत्रकारिताको माध्यमबाट राजनीतिक पार्टीहरुका कमजोरीहरु बाहिर ल्याएर सुधारको लागि सकारात्मक दबाब सिर्जना गर्नुपर्ने बताए ।

उनले नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु रहेको बताए । उनले राजनीतिक अराजकता र लोकप्रियतावादको पछाडी लागेर सञ्चार क्षेत्र अघि बढ्दा मुलुकको लागि दुर्भाग्य हुने बताए । उनले पत्रकारीता पनि राजनीतिक अराजकता र लोकप्रियतावादबाट जोगिन जरुरी रहेको बताएका छन् ।

उनले भने ,‘ पछिल्लो समय राजनीतिकमा अराजकता र पपुलिजम देखापरेको छ । यी दुई कुराले जरा फैलाउँदैछ । अराजकताको एउटा र पपुलिजमको अर्को समूह छ । यी दुवै कुरालाई हामीले ख्याल गर्नुपर्ने छ । राजनीतिक पार्टीहरुका कमजोरीहरु छन् त्यसलाई सञ्चार जगतले देखाउनु पनि पर्छ । सुधारको लागिसकारात्मक दबाब सिर्जना गर्नुपर्छ । सबैले बुझ्नुपर्ने कुरा नेपालमा गौरवशाली इतिहास बोकेका राजनीतिक पार्टीहरु छन् । भविष्यको मार्गचित्र बनाएका राजनीतिक पार्टीहरु छन् । मार्गचित्र पूरा गर्नको लागि संगठनात्मक सामथ्र्य र कार्यक्रममा निर्देशित छन् । गौरवशाली इतिहास र भविष्यको मार्गचित्र छैन । मार्गचित्र पूरा गर्ने संगठनात्मक सामथ्र्य र कार्यक्रम छैन । तर पपुलिजमका चिप कुराहरुका आधारमा अघि बढेका छन् । त्यसको पछि लागेर सञ्चार क्षेत्र अघि बढ्यो भने यो दुभाग्र्य हुन्छ । यसमा हामी सबैको ध्यान जान जरुरी छ । राजनीकित अराजकता र पपुलिजमबाट जोगिन जरुरी छ । यसमा हाम्रो ध्यान पुगेन भने मुलुक दुर्भाग्यतर्फ जान्छ । कम्युष्निट र काँग्रेस नेपाली राजनीतिमा मुल भुमिका निर्वाह गर्दै आएका पार्टी हुन् । काँग्रेस र कम्युष्निटको बहुआयामिक सम्बन्ध छ । मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेका छन् । सबै क्रान्तिहरु पूरा गरेका छन् ।’

उनले नेपालमा कम्युनिष्ट र काँग्रेस नेपाली राजनीतिमा मुल भुमिका निर्वाह गर्दै आएका पार्टी भएकाले बहुआयामिक सम्बन्ध रहेको बताएका छन् । उनले मुलुकमा अफ्ठ्यारो परिस्थिति आउँदा दुई पार्टी मिलेर सबै क्रान्तिहरु पूरा गरेको दाबी गरेका छन् ।


प्रकाशित मिति: १० पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?