Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको छः सांसद झा


काठमाडौँ। रष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अध्यागमन विभागमार्फत भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको आरोप लगाएका छन् ।

शुक्रवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले यस्तो आरोप लगाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पटक पटक अध्यागममा भइरहेको बद्मासीबारे सूचना दिए पनि गृह मन्त्रालयले बेवास्ता गरेको आरोप उनको आरोप छ । आफ्नो संलग्नता लुकाउनको लागि गृह मन्त्रालयले अनुसन्धानमै रहेका कर्मचारीको जिल्ला सरुवा गरेको समेत आरोप लगाए । उनले अध्यागमनको अनियमितता केवल राष्ट्रिय नभई अन्तर्राष्ट्रिय स्तरमै भएको दाबी गर्दै छानबिन समिति गठनको माग गरे । उनले समाचारमा माध्यमहरुमा भिजिट भिसा प्रकरणबारे प्रयाप्त प्रमाणहरु आइसकेको उल्लेख गर्दै गृह नेतृत्वमा लुटतन्त्र मच्चाइएको आरोप लगाए ।

उनले भने, ‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९÷९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो । जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरुलाई लुकाउनको लागि रातारात किन तानियो ? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो । त्यसलाई रोल्पा, डोल्पा सरुवा गरेर अुनसन्धान प्रभावित गर्न खोजेको पनि प्रमाणित छ । त्यसैले छापामा पर्याप्त समाचार आइरहेको छ । हरेक दिन यथेष्ट प्रमाणहरु आइसके । यो सबै तपाईको नेतृत्वमा भएको लुटतन्त्र हो । यो हाम्रो मात्र आवाज हैन । सेटिङ त अन्तर्राष्ट्रिय नै भइसकेको रैछ । त्यसकारण यसको छानविन गर्नको लागि छानविन समिति र ठगिएकाहरुले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी छ ।’

भिजिट भिसा प्रकरणको आवश्यक छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत झाले बताए ।


प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?